Header Ads

Recently Updated :
Home » , , » चापकोट गोलीकाण्ड सार्वजनीक , गोली चलाउन आदेश दिने प्रहरी कारवाहीमा

चापकोट गोलीकाण्ड सार्वजनीक , गोली चलाउन आदेश दिने प्रहरी कारवाहीमा

Posted By संकल्प on Tuesday, January 28, 2014 | 6:33 AM


श्रीकृष्ण सिग्देल
वालिङ्-१४ माघ
तिन महिना अगाडी स्याङ्जाको चापकोट प्रहरी चौकीमा प्रहरीले चलाएको गोली लागि मृत्यु भएको घट्नाको छानविन टोलीले गृहमन्त्री माधव घिमिरेलाई प्रतिवेदन बुझाएको छ । छानविन टोलीले बुझाएको प्रतिवेदनमा दुई प्रहरी अधिकृतले जिम्मेवारी बहन नगरेका कारण दुई स्थानीय नागरिकको मृत्यु हुन पुगेकोले दुई प्रहरीलाई बिभागिय कारवाहीको लागि प्रतिवेदन पेश गरेको छ । प्रहरी निरिक्षक कृष्णबहादुर थापा र आफ्नो जिम्मेवारीमा उदासिन प्रहरी सहायक निरिक्षक ऋणबहादुर बैदवारलाई बिभागिय कारवाहीको सुझाव प्रतिवेदनमा उल्लेख गरिएको छ । 
छानविन टोलीले पेश गरेको प्रतिवेदनमा निरिक्षक थापाले गोली हान्नु पूर्व आफुभन्दा माथीको आदेश लिनुपर्ने कानुनी प्रावधानलाई अनुशरण गरिएको नदेखिएको र गोली हानीसकेपछि मात्रै जानकारी दिएको उल्लेख गरिएको छ । गोली चल्नुपूर्ण चापकोट प्रहरी चौकीका इन्चार्ज वैदवारले कार्त्तिक १० गते रहस्यमय मृत्यु भएकी माया भन्ने हेमकुमारी विकको हत्याको छानविन गर्न लिखित हस्ताक्षरीत सहित चौकीमा आएका महिलाहरुको निवेदन बुझिदिएको भए घट्ना अगाडी नबढ्ने प्रतिवेदनले औल्याएको छ । 
कार्त्तिक १२ गते चापकोटकी हेमा बि.क.को हत्याको बिषयलाई लिएर स्थानीयले चौकीलाई नियन्त्रणमा लिन खोज्दा प्रहरीले गोली चलाउदा स्थानीय २१ बषिर्य सुर्य आले र २८ बषिर्य कृष्णलाल भट्टराईको मृत्यु हुन पुगेको थियो भने ४ जना गम्भीर घाईते भएका थिए । सोही घट्नालाई लिएर स्याङ्जावासीले गोली चलाउन आदेश दिने प्रहरीको कारवाहीको माग गर्दै अनिश्चि स्याङ्जा बन्दको आव्हान गरेका थिए । पछि सरकारले घट्नाको छानविनका लागी जााचबुझ गर्न पुनरावेदन अदालतका पूर्व न्यायाधीश कृष्णप्रसाद बस्यालको अध्यक्षतामा तिन सदस्य जाचबुझ समिति गठन गरेको थियो । सदस्यहरुमा सहन्यायाधिवक्ता किरण पौडेल र प्रहरी नायव महानिरिक्षक श्यामबहादुर खड्का रहेका थिए । समितिले एक महिना भित्र प्रतिवेदन बुझाउने सरकारले निर्देशन दिएपनि प्रतिवेदन दुई महिना ढिलो गरी सार्वजनीक भएको छ । 
जाचबुझ समितिले बुझाएको प्रतिवेदनमा मृतकको पत्नीलाई रोजगारी दिन र चार महिनाकी छोरीलाई निशुल्क शिक्षा दिने व्यवस्था मिलाउन र २०४८ सालमा स्थापना भएको प्रहरी चौकीलाई इलाका प्रहरी चौकीमा रुपान्तरण गर्न तथा गोली लागि हाल सम्म उपचारत घाईतेको उपचारमा थप सहयोग गर्न सुझव उल्लेख गरेको बताईएको छ । प्रतिवेदन ग्रहण गर्दै गृहमन्त्री घिमिरेले प्रतिवेदनमा उल्लेख गरिएका सुझावहरुलाई कार्यन्वयन गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । 
घट्नामा मारिएका मृतकका परिवारलाई तत्काल १०/१० लाख दिने भनिएपनि एक महिना पछि पौष २८ गते मात्रै रकम हस्तान्तरण गरिएको थियो । चापकोटमा भएको घट्नालाई लिएर पछिल्लो समय प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउत र प्रहरी प्रमुख आभुषण तिमिल्सीना विचको सम्वन्ध पनि चिसिदै गएको कर्मचारीहरु बताउछन् । दुवै प्रशासक बिचको सम्वन्ध बिगि्रएपछि शान्ति सुरक्षामा समेत कमजोर बन्दै जान थालेको स्याङ्जावासीको भनाई छ । 

Share this post :

Post a Comment

 
Copyright © 2011. स्याङ्जा सहयोग समाज - All Rights Reserved
Template Bloggerised by: Smritirogi