श्रीकृष्ण सिग्देल
वालिङ्-१३ माघ
राष्ट्रिय साक्षरता कार्यक्रम अनुसार नेपाल सरकारले मुलुकलाई २०१५ भित्र निरक्षतालाई साक्षरता बनाउने उदेशय अनुरुप स्याङ्जाले पनि अभियान थालनी गरेको छ । हरेक जिल्लालाई २०१४ सम्ममा साक्षरता जिल्ला घोषण गर्ने अभियान अन्तरर्गत जिल्लाको वालिङ् नगरपालिकाले सचेतना र्याली सम्पन्न गरेको छ । वालिङ् नगरपालिका तथा आसपासका गाविसहरुमा रहेका निरक्षता व्याक्तिहरुलाई साक्षरता अभियानमा जुट्न वालिङ् नगरपालिकाले जिल्लामै पहिलोपटक सचेतना र्यालीको आयोजना गरेको हो ।
२०१५ पछि कुनै पनि नागरिकले औठाको छाप लगाउन नपर्ने सरकारले निति बनाए अनुरुप यो अभियालाई स्याङ्जाले पनि तिब्रता दिएको छ । करिव ५ हजार २ सय निरक्षता रहेको वालिङ् नगरपालिकामा १ सय ७४ कक्षा संचालन गरिएको छ । ५ हजार २ सय निरक्षतालाई साक्षरता बनाउन जिल्ला शिक्षा कार्यालय स्याङ्जाले वालिङ् नगरपालिकाको सहयोगमा १ सय ७४ जना अभियान्ताहरु लाई खटाएको छ । साक्षरता अभियानमा अध्ययन केन्द्रहरुलाई अनुगमनको जिम्मा दिईएको छ ।
वालिङ् नगरपालिकामा रहेका बिद्यालय, बिभिन्न सामाजीक संघसस्थाहरुले प्ले कार्ड र कोही नरहुन् निरक्षर, बढी बनौ साक्षर,, आजको आवश्यकता लेखपढ गरी बनौ साक्षरता भन्ने नाराका साथ र्याली गरिएको थियो ।
स्याङ्जा जिल्लाको ६० गाविस तथा २ नगरपालिकामा २८ हजार २ सय निरक्षता रहेको जिल्ला शिक्षा कार्यालय स्याङ्जाले जनाएको छ । जसका लागि १ हजार अभियान्ताहरु जिल्ला भरी खटाईएको कार्यालयले जनाएको छ । २०१४ सम्ममा सरकारले जिल्लालाई साक्षरता घोषण गर्नुपर्ने अभियान अनुरुप स्याङ्जामा पनि यस कार्यलाई तिब्र पारिएको शिक्षा कार्यालयका प्रतिनिधि भोजराज गुरुङ्ले जानकारी दिए । उनका अनुसार यो अभियान स्याङ्जाका दुई नगरपालिका र ६० गाविसमा लागु गरिएको छ । स्याङ्जालाई तिन महिना भित्र साक्षर जिल्ला घोषण गर्ने अभियानमा जुटेको शिक्षा कार्यालयले जनाएको छ । वालिङ् बजार परिक्रमा पछि वालिङ् नगरपालिकामा भएको कोण सभामा बोल्दै इलाका प्रशासन कार्यालय वालिङ्का प्रमुख झलकराम सुवेदीले राष्ट्रको अभियानमा वालिङ् नगरपालिकाले रचनात्मक काम गरेको बताए । सबैलाई साक्षरता बनाउने अभियानमा जुटेका अभियान्ताले आफ्नो भुमिका निर्वाह गर्न र अनुगमनमा खटिएका अध्ययन केन्द्रले पनि आफ्नो जिम्मेवारीलाई पुरा गर्न आग्रह गरे ।
कोण सभामा नेपाली कााग्रेसका वालिङ् नगर सभापति दिलिपप्रताप खााण, नेकपा एमालेका दिलिप वगाले, एमाओवादीका नितयानन्द तिवारी, राप्रपाका रमेश ढुङ्गाना, स्रोत व्याक्ति भरतप्रसाद वगाले, वालिङ् उद्योग वाणिज्य संघका अध्यक्ष पुण्यप्रसाद अर्याल, शिक्षक संघ स्याङ्जाका अध्यक्ष लक्ष्मी रेग्मी, वालिङ् अध्ययन केन्द्रका अध्यक्ष गोविन्द पंगेनी र वालिङ् लायन्स क्लवका अध्यक्ष कविता गैह्रे लगायतले निरक्षता उन्मुलनका लागि लाग्नु पर्ने बताएका थिए । वालिङ् नगरपालिकाका प्रमुख युवराज अधिकारीको अध्यक्षतामा समपन्न भएको कोणसभाको संचालन नगरका नायव सुव्वा पदमप्रसाद पाण्डेले गरेका थिए ।
Post a Comment