श्रीकृष्ण सिग्देल
वालिङ्,४ माघ
क्याक्मी गाविस बाट वालिङका लागि छुटेको जीप शनिवार बिहान लालुपातेमा दुर्घट्ना हुदा दुई जनाको मृत्यु भएको छ भने २२ जना घाईते भएका छन् । स्याङजाको जगतभञ्याङ् गाविस १ लालुपाते भन्ने स्थानमा ग १ ज ४२१२ नम्वरको सो जीप दुर्घट्ना भएको हो । बिहानै देखि सिमसिम पानी परेको र क्षमता भन्दा बढी यात्रु सवार गरेका कारण दुर्घट्ना भएको हुन सक्ने अनुमान गरिएको छ । दुर्घट्नामा मल्याङ्कोट २ का ४१ बषिर्य साईला गुरुङ्को घट्नास्थलमै मृत्यु भएको थियो भने पाल्पा सिलुवा १ का ४ बषिर्य विवस नेपालीको वालिङ् प्राथामिक स्वास्थ्य केन्द्रमा उपचारका लागि लैजादै गर्दा बाटोमा मृत्यु भएको थियो ।
जिप सडक बाट करिव १ सय ५० मिटर तल खसेको थियो । पानी परेका कारण घाईतेको उद्धारमा समेत कठिनाई भएको थियो । जीप दुर्घट्नामा कति जना घाइृते भए भन्ने तथ्याङ्क समेत प्रहरीले पाउन धौ धौ परेको थियो । वालिङ् प्राथामिक स्वास्थ्य केन्द्रमा उपचारका लागि लगिएका २२ जनाको नाम मात्रै खुल्न सकेको छ भने ठेगाना खुल्न सकेको छैन । जीप दुर्घट्नामा परी घाईते हुने हरुमा डिलबहादुर खत्री, चक्रबहादुर खत्री, सुदन मानन्धर, अंकित मानन्धर, पंम्फा मानन्धर, संगीता पुरी, समिर पुरी, जुनु मानन्धर, अमृत मानन्धर, रमेश गैह्रे, कमल गिरी, राजन सुन्धौली, निर्मल रिजाल, बिष्णु खड्का, अमृता नेपाली, सुकमाया नेपाली, प्रदिप परियार, रमेश सार्की, निर्मला वि.क., प्रदिप परियार, निराजकुमार सिंह रहेका छन् । घाईतेहरुको टाउको, खुट्टा, हात र ढाड लगायतमा चोट लागेको वालिङ् प्राथामिक स्वास्थ्य केन्द्रले जनाएको छ । सबै घाईतेहरुलाई पोखरा गण्डकी अस्पतालमा रिफर गरिएको छ ।
दुर्घट्नामा चालक र सह-चालक भने सामान्य घाईते भएका छन् । चालकले कच्ची सडक र पानी परेकाले बाटो चिप्लो भएकोले बिस्तारै चलाउन भन्दै थिए सहचालक विरुन थापाले भने चालकले तिब्र गति र अर्को जिपलाई ओभरट्याक गर्न खोज्दा दुर्घट्ना भएको हो । चालककै लापरवाहीका कारण जीप दुर्घट्ना भएको घाइृतेहरुले बताएका छन् । घट्नाको अनुसन्धानका लागि प्रहरीले चालकलाई नियन्त्रणमा लिएको छ ।
Post a Comment