Header Ads

Recently Updated :
Home » » स्याङ्जाका नेता राजधानी दौडधुप, काग्रेसबाट एक नमवरमा युवा नेता सिफारीस

स्याङ्जाका नेता राजधानी दौडधुप, काग्रेसबाट एक नमवरमा युवा नेता सिफारीस

Posted By संकल्प on Tuesday, September 17, 2013 | 8:17 AM

वालिङ्-२८,भदौ
संविधानसभाको निर्वाचनको लागि स्याङ्जाका दलहरुले प्रत्यक्ष र समानुपातिक तर्फ उमेदवारको नाम सिफारीस गरेको एक हप्ता बितिसकेको छ । जिल्लाले नाम सिफारीस गरे लगत्तै जिल्लाका नेताहरु उमेदवार बन्न राजधानी दौडधुपमा व्यस्त छन् । संविधानसभाको निर्वाचनका लागि सबै भन्दा पहिला एमाओवादीले उमेदवारको नाम सिफारीस गरेको थियो । दोस्रो र तेस्रोमा क्रमस नेपाली कााग्रेस र एमालेले पनि उमेदवारको नाम सिफारीस गरिसकेको छ । उमेदवारका नाम सिफारीस गरे लगत्तै जिल्लाका नेताहरु राजधानीमा केन्द्रीत रहेका छन् ।
नेपाली काग्रेसले पहिलोपटक प्रत्यक्षमा युवा नेताको नाम सिफारीस गरेको जनाएको छ । तिन वटै क्षेत्रमा काग्रेसले युवा नेताको नाम सिफारीस गरेर उदाहरणीय काम गरेको काग्रेसका कार्यक्रताहरु बताउछन् । काग्रेसले क्षेत्र नं. १ बाट राजु थापा, क्षेत्र नं. २ बाट भोजराज अर्याल र क्षेत्र नं. ३ बाट शिवकुमार गिरीलाई पहिलो नम्वरमा प्रतयक्ष उमेदवारका लागि सिफारीस गरेको छ । तिनै वटै युवा नेताहरु नेपाली काग्रेसका महासमिति सदस्य समेत हुन् । 
अहिले जिल्लाका सबैदलका पाटीकार्यालयहरु सुनसान देखिन थालेका छन् । सधै नेता कार्यक्रताले भिडभाड भइरहेकने पाटी कार्यालयहरु उमेदवारकालागि राजधानी केन्द्रीत भएपछि सुनसान भएका हुन् ।  नेता राजधानी लागेपछि आफ्ना नेताहरुलाई उमेदवारीमा सिफारीसका लागि कार्यक्रताहरु समेत राजधानी पुगेका खवरहरु आउन थालेका छन् । उमेदवारीको होडवाजीले सदरमुकाम लगायत दलका क्षेत्रीयकार्यालयहरुमा समेत भिडभाडले गर्दा चुनावी माहोल बनेको थियो । नेतता तथा कार्यक्रताहरुनै राजधानी केन्द्रीत भएपछि दलहरुका कार्यालयहरुमा समेत सुनसान भएको छ । 
संविधानसभा निर्वाचनका लागि स्याङ्जाका तीनओटै निर्वाचन क्षेत्रबाट स्याङ्जाबाट  राष्ट्रिय जनमोर्चाले प्रत्यक्षमा मात्रै सिफारिस गरेको छ ।
राष्ट्रिय जनमोर्चाले स्याङ्जाको क्षेत्र नं १ बाट प्रत्यक्षमा शान्ता हमाल, प्रेम हमाल र प्रकाश परियारलाई सिफारिस गरेको छ । त्यस्तैगरी क्षेत्र नं २ बाट राजेन्द्र गैह्रे, खुमबहादुर राना र रेखा परियारलाई सिफारिस गरेको छ । भने क्षेत्र नं ३ बाट एलबी राना र सीता बस्याललाई सिफारिस गरेको राष्ट्रिय जनमोर्चा स्याङ्जाका अध्यक्ष राजेन्द्र गैह्रेले जानकारी दिए । समानुपातिका लागि भने केन्द्रले निर्णय गर्ने भनिएपनि केन्द्रले निर्णय गरेमा मान्य नहुने अध्यक्ष गैह्रेले जानकारी दिए । यता अखण्ड नेपाल पाटीले पनि स्याङ्जाका दुई निर्वाचन क्षेत्रबाट प्रत्यक्ष र समानुपातिकमा उमेदवार सिफारीस गरेको जनाएको छ । दुई निर्वाचन क्षेत्र मध्येबाट १ र २ बाट सिफारीस गरेको छ भने क्षेत्र नं. ३ को बााकी रहेको अखण्ड नेपाल पाटीका जिल्ला अध्यक्ष भक्तबहादुर के.शी.ले जानकारी दिए । 


Share this post :

Post a Comment

 
Copyright © 2011. स्याङ्जा सहयोग समाज - All Rights Reserved
Template Bloggerised by: Smritirogi