Header Ads

Recently Updated :
Home » » युएईबाट मृगौला पिडित दिनेश गुरुङलाई सहयोग

युएईबाट मृगौला पिडित दिनेश गुरुङलाई सहयोग

Posted By संकल्प on Tuesday, September 17, 2013 | 8:15 AM

लक्ष्मण खनाल, युएई

स्याङ्गजा जिल्ला सिर्सेकोट गविस ६ का  २५ बषिर्य मृगौला पिडित  दिनेश गुरुङ्गलाई उपचार सहयोगार्थ स्याङ्गजा सहयोग समाज युएई र नेपाली जनप्रगतिशिल मञ्च युएईको विषेश पहलमा आर्थिक संकलन गरी हस्तान्तरण गरिएको छ ।
विगत केही बर्ष पहिले  युएइ स्थित जेबल अलिको फ्राइट सिस्टम लजिस्टिक कम्पनीमा कार्यरत उनिलाई स्वास्थ्य परिक्षण गराउदा उनको किड्नीमा समस्या भएको र दुइओटै किड्नी काम नलाग्ने थाहा भएपछि उनी नेपाल गइ पोखरा स्थित मणिपाल शिक्षण अस्पतालमा उपचार गराइरहेका छन । आर्थिक कारणले अहिले सम्म उनको शल्यक्रिया हुन नसकेको र हप्तामा दुइपटक डाइलोसिस गर्नुपर्दा उनको उपचारमा आर्थिक समस्या परेको छ ।
उनको उपचार सहयोगार्थ स्याङ्गजा सहयोग समाज युएई र नेपाली जनप्रगतिशिल मञ्च युएईले सहयोग संकलन गरेको थियो जसबाट स्याङ्गजा सहयोग समाज को तर्फबाट  नेरु १४२८० र नेपाली जनप्रगतिशिल मञ्चको तर्फबाट नेरु ४२२५५ गरि जम्मा नेरु ५६५३५ उहालाई हस्तान्तरण गरिएको छ । भने सहयोग उत्थान मञ्च नेपालका पश्चिमाञ्चल इन्चार्ज दिपक विकको विषेश पहलमा उनको उपचार खर्चमा छुटको व्यबस्था पनि गरिएको छ ।
नेपालमा रहनुभएको स्याङ्गजा सहयोग समाज युएइका केन्दि्रय सदस्य तथा नेपाली जनप्रगतिशिल मञ्चका केन्दि्रय सदस्य मिलन गुरुङ र सहयोग उत्थान मञ्च नेपालका पश्चिमाञ्चल इन्चार्ज दिपक विक ले उहालाई हस्पिटलमा गई उहाकै हातमा सो रकम हस्तान्तरण गरेका थिए ।
साथै उहाको आर्थिक अवस्था नाजुक भएकोले उहाको सहयोगार्थ रकम संकलन अभियान जारी रहेको जानकारी दिदै नेपाली जनप्रगतिशिल मञ्चका महासचिव बावुराम विश्वकर्माले  एउटा युवाको जिवन बचाउनको लागि आफ्नो आफ्नो क्षमता अनुसार सहयोग गर्न सहयोगी हातहरुलाई अपिल पनि गरेका छन ।


Share this post :

Post a Comment

 
Copyright © 2011. स्याङ्जा सहयोग समाज - All Rights Reserved
Template Bloggerised by: Smritirogi