श्रीकृष्ण सिग्देल
वालिङ् १४ असोज ।
आगामी संविधान सभाको निर्वाचनमा नेपाली काङ्ग्रेस स्याङ्जाका तिनवटै क्षेत्रवाट क्षेत्रिय समितीले गरेको सिफारिस भन्दा वाहिर रहेर संसदीय समितीले उमेद्वार छनोट गरेको भन्दै कार्यकर्ताले विरोध गरेका छन् । काग्रेसको संसदीय वोर्डले कार्यकर्ताको भावना विपरित रहेर उमेदवार छनोट गरेको भन्दै काग्रेसका कार्यकर्ताले नारावाजी गरी जिल्लाका तिनवटै क्षेत्रिय कार्यालय र जिल्ला कार्यालयमा तालावन्दी गरेका हुन ।
यता संसदीय वोर्डले उमेदवारको सिफारीस गरे लगत्तै नेपाली काङ्ग्रेस स्याङ्जा क्षेत्र नं २ का सभापति केदार काफ्लेले विज्ञप्ती जारी गरी क्षेत्रका क्रियाशील सदस्यहरुको भेलाबाट उम्मेदवारमा सिफारिस नभएका केन्द्रीय सदस्य गोपालमान श्रेष्ठले आफू संसदीय समितीमा परेका कारण पार्टीको भन्दा आफ्नो पक्षमा उमेदवार चयन गरेको भन्दै विरोध गरेका छन् । श्रेष्ठले अलिे समम आफ्ना लागि भोट समेत नदिएको आरोप श्रेत्रिय समितिले लगाएको छ । श्रेष्ठ पाचौ पटक पनि स्याङ्जा क्षेत्र नं २ मा निर्वाचन लड्ने कसरत गरेपछि काग्रेसका कार्यकर्ताहरुले विवाद सुरु गरेका छन् । तर क्षेत्रिय समितीले उनको नाम सिफारिस नगरेपछि उनी जिल्लाका कार्यकर्ता संग रुष्टिएका थिए ।
आन्दोलनमा उत्रिएका अर्का कार्यकर्ता चिरन्जीवि अर्याललेले कार्यकर्ताले गरेको निर्णयलाइृ बहिष्कार गरी केन्द्रीय समितिले गरेको निर्णय विरुद्ध यो आन्दोलन गर्नु परेको बताए । अर्यालले भने क्षेत्रले गरेको निर्णयलाई यदी केन्द्रीय समितिले नमान्ने हो भने किन परिपत्र गर्नु पर्यो उनको प्रश्न थियो । सिफारीस नगरिएका व्याक्तिलाई उमेदवारको सिफारीस गरेको भन्दै यती बेला स्याङ्जा काग्रेसमा आनदोलन शुरु भईरहेको थियो । श्रेष्ठ आउने भन्ने हल्ला आएपछि काग्रेसीहरु झन आन्दोलनमा लागेका छन् ।
जिल्लाका तिनवटै निर्वाचन क्षेत्रमा यस पटक काग्रेसको माहोल राम्रो बन्दै गइरहेको बेला श्रेष्ठले आफ्नो उमेदवारी क्षेत्र नं. २ बाट उमेदवारी दिने जनाएपछि लोकतन्त्र विरुद्ध भन्दै काग्रेसका कार्यकर्ताहरुले आनन्दोलन गरेका छन् । नाम सिफारिसको सूचिमा नपरेका श्रेष्ठको नाम संसदीय समितिले थप गर्नु क्षेत्रका कार्यकर्ताहरुको भावनामाथि ठाडो हस्तक्षेप भएको कार्यकर्ताहरुले आरोप लगाएका छन् ।
विरोध र्यालीमा अधिकाश युवाहरुको उपस्थित रहेको थियो । उनीहरु युवालाई काग्रेसले स्थान नदिएको आरोप लगाएका छन् ।
Post a Comment