Header Ads

Recently Updated :
Retrieving RSS feed(s)
Home » , » स्याङ्जामा ४१ जनाको उम्मेद्वारी

स्याङ्जामा ४१ जनाको उम्मेद्वारी

Posted By संकल्प on Thursday, October 3, 2013 | 8:59 PM

श्रीकृष्ण सिग्देल
वालिङ्,-१७ असोज
मंसिर ४ गतेको संविधानसभाको निर्वाचनका लागि बिहिबार स्याङ्जामा १८ दल र दुई स्वतन्त्र उम्मेद्धवारले उम्मेद्धवारी दर्ता गराएका छन् । तिन निर्वाचन क्षेत्र रहेको स्याङ्जामा ४१ जना उम्मेद्वारले मनोनयन दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।  
मनोनयन दर्ता गराउनेहरुम्ाा क्षेनं १ एकिकृत माओबादीका शैलेन्द्र घिमिरे, नेपाली काग्रेसका राजु थापा, नेकपा एमालेका नारायण प्रसाद मरासिनी, राप्रपाका बुद्धिसिहाथापा, राप्रपा नेपालका चन्द्र बहादुर गुरुङ्, नेेकपा सयुक्तका ठाकुर शर्मा, अखण्ड नेपालका गोपाल बहादुर क्षेत्री, नेकपा मालेका शिब राज रिजाल, संघिय समाजबादीका हेमन्त थापा रहेका छन् । 
त्यस्तै राष्ट्रिय जनमोर्चाका हिरामती शाही, सदभावना राजेन्द्र गैरेकी खैरुन मिया, राष्ट्रिय जनमुक्ति पार्टीका दिपेन्द्र बहादुर थापा, नेपार परिवार दलका बन्दुराज रेग्मी, सहकारी पार्टीका आशु बिक, नेकपाका राम प्रसाद ढकाल, शिब सेना नेपालका रुद्र बहादुर क्षेत्री र स्वतन्त्र गणेश प्रसाद ढकाल तथा गेज शर्मा रहेका छन् । उम्मेदवारी दर्ता गराउनेमा राप्रपा नेपालका गुरुङ् पुर्व संसदिय दलका नेता तथा महामन्त्रि रहेका छन् ।  
त्यस्तै क्षेत्र नं २ मा एकिकृत माओबादीका कल्पना अर्याल, नेपाली काग्रेसका कमल पंगेनी, नेकपा एमालेका कृष्ण खाणा, राप्रपाका दोर्ण बहादुर गुरुङ्, राप्रपा नेपालका दिलिप श्रेष्ठ, राष्ट्रिय जनमोर्चाका राजेन्द्र गैरे रहेका छन् । त्यस्तै राष्ट्रिय जन मुक्ति पार्टीका लोक बहादुर थापा, अखण्ड नेपालका भक्त बहादुर केसी, संघिय समाजबादीका डिल बहादुर थापामगर, देशभक्त समाजबादी पार्टीका लिल राज गुरुङ्, नेपाल परिवार दलका डाल बहादुर खड्का र नेकपाका हिरामणी बिक रहेका छन् ।  
त्यस्तै क्षेत्र नं ३ मा  एकिकृत माओबादीका डम्बरदेब अर्याल, नेपाली काग्रेसका मोहन पाण्डे, नेकपा एमालेका मुक्ति पाठक, राप्रपाका बेद प्रसाद भट्राई, राप्रपा नेपालका अग्निधर ढकाल, राष्ट्रिय जनमोर्चाका एलबि रान,  राष्ट्रिय जन मुक्ति पार्टीका बिजय सिहृ थापा, संघिय समाजबादीका बिनोद खवास, नेपाल परिवार दलका सुन्दर बस्याल, जनयुनिटी सहकारी पार्टीका हरि प्रसाद अधिकारी र नेकपाका तेज बहादुर मल्लले उम्मेदवारी दिएका छन् । स्याङ्जामा पहिलो संविधानसभा निर्वाचनमा क्षेत्र नं १ मा १४, क्षेत्र नं २ मा ११ र क्षेत्र नं ३ बाट १० जनाले उम्मेदवारी दर्ता गरेका थिए । दोस्रो संविधान सभाका लागि १ बाट १८, २ बाट १३ र ३ बाट ११ दलले उमेदवारी दर्ता गराएका छन् । यो निर्वाचनमा ६ ओटा दल बढी रहेका छन् । 



Share this post :

Post a Comment

 
Copyright © 2011. स्याङ्जा सहयोग समाज - All Rights Reserved
Template Bloggerised by: Smritirogi