Header Ads

Recently Updated :
Home » , » स्याङ्गजा सहयोग समाज अबुधावी क्षेत्रको बनभोज सम्पन्न

स्याङ्गजा सहयोग समाज अबुधावी क्षेत्रको बनभोज सम्पन्न

Posted By संकल्प on Sunday, October 13, 2013 | 9:06 AM


 लक्ष्मण खनाल, युएई

हिन्दुहरुको महान पर्व विजया दशमी तथा मुस्लिम समुदायको पवित्र पर्व ईद अल अदाहको अवसर परेर स्याङ्गजा सहयोग समाज अबुधावी क्षेत्रिय समिति ले आयोजना गरेको शुभकामना आदानप्रदान तथा बनभोज कार्यक्रम अबुधावीको हेरिटेज पार्कमा सम्पन्न भएको छ ।
प्रवासमा रहेर पनि आफ्नो परम्परा र संस्कृतिको सम्बर्द्धन गर्ने उद्देश्य साथै युएईमा रहेका नेपालीहरुका विचमा भातृत्व र सद्भाव राख्ने उद्देश्य का साथ आयोजना गरिएको उक्त कार्यक्रमको सञ्चालन समितिका सचिव दिपेश कुवारले गरेका थिए । केन्दि्रय समितिका अध्यक्ष राजु पाण्डेको विशेष उपस्थिति रहेको कार्यक्रममा दुवइ , शारजाह, र अबुधावीबाट उल्लेख्य मात्रामा नेपाली दाजुभाइ तथा दिदि बहिनीहरुको सहभागिता रहेको थियो ।
विजया दशमीको उपलक्ष्यमा नेपाली परिकार सेल रोटी , र स्याङ्गजाली युवा युवतीहरुको कौरा दोहरीले कार्यक्रममा छुट्टै रौनक थपेको थियो । साथै कार्यक्रमको विच विचमा विभिन्न खेलहरु र हास्यव्यंग्य कार्यक्रमले नेपालको झल्को दिइरहेको थियो ।

Share this post :

Post a Comment

 
Copyright © 2011. स्याङ्जा सहयोग समाज - All Rights Reserved
Template Bloggerised by: Smritirogi