Header Ads

Recently Updated :
Retrieving RSS feed(s)
Home » , » स्याङ्गजा सहयोग समाजद्धारा क्षेत्रीलाई सहयोग

स्याङ्गजा सहयोग समाजद्धारा क्षेत्रीलाई सहयोग

Posted By संकल्प on Sunday, October 20, 2013 | 1:58 AM


घनस्याम पराजुली -दोहा  
 स्याङ्गजा जिल्ला मग्याम चिसापानी गाविस वडा न.ं ९ घर भएका ४० बषिर्य  हर्क बहादुर क्षेत्रीलाई स्याङ्गजा सहयोग समाजको पहलमा उपचारार्थ रु ५९ हजार ५ सय चौसठ्ठी सहयोग गरेको छ । 
 क्षेत्री केहि महिना पहिला कतारबाट अनेकौ दुःख झेल्दै कतारमा कार्यरत सहयोगीहरुको  सहयोगबाट नेपाल र्फकेका थिए । अत्यन्तै नाजुक पारिवारीक स्थिती भएका उनि  गोठको काम गर्दै गर्दा  भैसिलाई पकाएको तातो पानि शरिरमा पोखिन पुग्दा घाटि भन्दा तलको सबै भाग पोलेर अत्यन्तै र्ददनाक स्थितीमा गाउलेको सहयोगमा पोखरा स्थित मनिपाल हस्पिटलमा उपचारका लागि पुर्याएका थिए ।घरमा  नावालक एक छोरा र एक छोरी छन उनको  आर्थिक अवस्था अत्यन्तै नाजुक भएकोले उपचारमा कठिनाइृ भईरहेको जानकारि आएकाले उपचारार्थ सहयोग संकलन गरि पठाईएको स्याङ्गजा सहयोग समाजका केन्दि्रय सदस्य धनन्जयल लम्सालले जानकारि दिए ।
 स्याङ्गजा सहयोग समाज कतारले कतारमा मात्र नभई आफ्नो जिल्लामा पनि दुख पिडामा परेकाहरुलाई सहयोग गर्दै आएको छ । स्याङ्गजा सहयोग समाज कतारको पहलमा सदस्य लम्सालको संयोजकत्वमा उक्त रकम संकलन गरिएको थियो । लम्सालले स्याङ्गजा सहयोग समाजका सम्पुर्ण पदाधिकारिहरु , विचारी चौतारा ईकाई समितीका अध्यक्ष बम बहादुर कार्की एवं पदाधिकारीहरु तथा कतारमा कार्यरत सम्पुर्ण सहयोगीहरुमा आभार व्यक्त गरेका छन । 


Share this post :

Post a Comment

 
Copyright © 2011. स्याङ्जा सहयोग समाज - All Rights Reserved
Template Bloggerised by: Smritirogi