जिवन डोटेल-दोहा
स्याङ्गजा सहयोग समाज (स्या.स.स) दोहा कतारले रोजगारीको सिलसिलामा कतारमा ज्यान गुमाएका रत्नपुर ८ स्याङ्गजाका जग बा. कुमाल को परिवार लाई नेपाली पचास हजार रुपाैया संकलन गरी सहयोग गरेको छ । उक्त रकम कतारमा कार्यरत चाकुर (चपाकोट,कुवाकोट,रत्नपुर ) इकाई का प्रतिनीधिहरुको विषेश पहलमा अन्य स्याङ्गजावासी तथा शुभचिन्तकहरु वाट संकलन गरीएको थियो ।
मिड गल्फ कम्पनीमा करिव १ बर्ष काम गर्दै गरेका कुमालको गत १२ फेब्रुवरी २०१२ का दिन सुतिरहेको अवस्थामा आकस्मीक निधन भएको थियो । भने उनको मृत शरिर स्याङ्गजा सहयोग समाज कतारको सहयोगमा नेपाल पठाई सकिएको र उनको परिवारको आर्थिक स्थिति अत्यान्तै नाजुक रहेको हुदा राहत स्वरुप मृतकको परिवारको को सहयोग का निम्ती स्या.स.स चाकुर इकाई का अध्यक्ष कल्याण पौड्याल को संयोजकत्वमा उक्त रकम संकलन गरीएको र संकलीत रकम लाई रत्नपुर ८ दामाचौर मा रहेको श्री जनहित उच्च माध्यामीक बिद्यालय को एक कार्यक्रमका विचमा मिति १० मे २०१३ का दिन सोही गा वि स का समाजसेवी कमल पौड्याल को हात बाट मृतक जग बहादुर को परिवार लाई नगद प्रदान गर्नु भएको जानकारी स्या.स.स अध्यक्ष टुक राज अर्याल ले गराउनु भयो ।

Post a Comment