Header Ads

Recently Updated :
Home » » स्याङ्जाका सुनचाँदी व्यवसायी आन्दोलित

स्याङ्जाका सुनचाँदी व्यवसायी आन्दोलित

Posted By संकल्प on Thursday, May 16, 2013 | 7:36 AM

प्रकाश डोटेल
स्याङ्जा, २ जेठ ।

सुनचाँदीको सहज आपूर्तिको माग गर्दै स्याङ्जाका सुनचाँदी व्यवसायी आन्दोलित भएका छन् । आन्दोलित व्यवसायीहरुले अनिश्चित कालका लागि जिल्लाका सबै सुनचाँदी पसलहरु बन्द गराएका छन् ।

समस्या र मागलाई सम्बोधन गनए माग गर्दै व्यवासयीहरुले अन्तरिम मन्त्री परिषद्का अध्यक्षलाई ज्ञापन-पत्र बुझाएका छन् । प्रमुख जिल्ला अधिकारी मार्फत बुझाइएको ज्ञापन-पत्रमा सुनचाँदी खरिद र व्यवसायीको समस्यालाई समेटेर ७ बुँदे माग प्रस्तुत गरेका छन् ।

"दैनिक १ किलो सुन आवश्यक पर्ने स्याङ्जामा हप्तामा मात्रै १ किलो सुन आउने गरेको छ ।" व्यवसायी संघका अध्यक्ष पूर्णबहादुर विश्वकर्माले भने, "पसल खोलेर मात्र के गर्ने ? बिक्री गर्न पसलमा सुन छैन् ।" सरकारले आफ्ना मागलाई तत्काल सम्बोधन नगरे थप बिरोधका कार्यक्रम घोषणा गरिने विश्वकर्माले जानकारी दिए ।

व्यवसायीहरु आन्दोलित भएपछि सुन किन्ने सर्वसाधारण मर्कामा परेका छन् । नेपाल सुनचाँदी व्यवसायी संघ स्याङ्जाकोे आयोजनामा भएको बन्दले जिल्लाका स्याङ्जा बजार, बयरघारी, वालिङ्, गल्याङ्, चापाकोट क्षेत्रका करिब ६० सुनचाँदी पसल पूर्णरुपमा बन्द रहेका छन् ।

"स्थानीय सुनचाँदीले पोखराबाट सुन खरिद गरेर ल्याउने गरेका छन् ।" व्यवसायी संघका सचिव लेखनाथ गहतराजले भने, "पोखरामा रहेका सुनचाँदी बिक्रेताले ३ हजार बढि तिरेको खण्डमा मात्रै सुन दिने गरेका छन् ।" प्रतिस्पर्धाको बजारमा कालोबजारीबाट ल्याएको सुन बिक्री समेत नहुने गहतराजले बताए ।

सरकारले नेपाल राष्ट्र बैंक मार्फत सुनचाँदी बिक्री बिरतण गरेपनि माग अनुसारको सुन नपाउँदा व्यवसायी आन्दोलित हुन बाध्य भएका हुन् । बैंकले खरिद आयात गर्ने सुनमा समेत कालाबजारीको चलखेल हुने गरेको व्यवसायीहरुले आरोप लगाएका छन् ।    

Share this post :

Post a Comment

 
Copyright © 2011. स्याङ्जा सहयोग समाज - All Rights Reserved
Template Bloggerised by: Smritirogi