Header Ads

Recently Updated :
Home » » स्याङ्जा ट्राफिकलाई पिउने पानी अभाव

स्याङ्जा ट्राफिकलाई पिउने पानी अभाव

Posted By संकल्प on Wednesday, May 15, 2013 | 9:35 AM

प्रकाश डोटेल
स्याङ्जा, १ जेठ ।

जिल्ला ट्राफिक कार्यालयमा पिउने पानीको अभाव छ । पानी आएको पाइपमा समस्या भएपछि विगत ५ महिनादेखि कार्यालयमा पिउने पानीको अभाव भएको हो  । पानी अभावले दैनिक कामकाज समेत प्रभावित भएको छ ।

१४ जनाको दरबन्दी रहेको जिल्ला ट्राफिक कार्यालय अन्र्तगत जनपथ प्रहरीका थप ५ जना काजमा छन् । खान, पिउन, नुहाउँन र कपडा धुनका लागि दैनिक २ सय लिटर पानी आवश्यक पर्छ । प्रहरीले कार्यालयदेखि करिब १ किलोमिटर टाढा तीनधारेबाट पानी ल्याउन बाध्य छ ।

"पाइप मर्मतका लागि कार्यालयमा बजेट नै छैन् ।" ट्राफिक कार्यालयका प्रमुख प्रहरी सहायक निरिक्षक श्यामबहादुर क्षेत्रीले भने, "जिल्ला खानेपानी कार्यालय र स्थानीय उपभोक्ता समितिलाई पटक-पटक मर्मतका लागि आग्रह गर्दा समस्या समाधान हुन सकेको छैन् ।"

पानी अभाव भएपछि ट्राफिक प्रमुख क्षेत्रीको समन्वयमा स्थानीय एक घरबाट कार्यालयमा पानीको व्यवस्था मिलाइएको छ । कार्यालय नजिकैका घरहरुले २४ सै घण्टा पानीको प्रयोग गरिहेको भएपनि बजेट नहुँदा र आवश्यक सहयोगको अभावमा प्रहरी पानी बिहीन भएको हो । 

"समयमै पानीको व्यवस्था गर्न सकेको खण्डमा दैनिक कामलाई चुस्त राख्न सकिन्थ्यो ।" क्षेत्रीले भने, "पानीको व्यवस्था गर्ने की कामको ? अन्यौलताले काममा बाधा भएको छ ।" पानीको अभावले समयमै खानाखान नपाएको समेत क्षेत्रीले बताए । करिब १ दर्जन पानी उपभोक्ता समिति रहेपनि ट्राफिक प्रहरीलाई पानी नदिएको क्षेत्रीले गुनासो गरे ।

ट्राफिक कार्यालयमा एकातिर खानेपानीको अभाव छ त अर्कोतिर वषर्ातकोे समयमा प्रहरीहरु राम्रोसँग निदाउँन पाउँदैनन् । कार्यालय भवनमा पानी चुहिने समस्याले उनीहरु निदाउँन नपाएका हुन् । करिब ४० वर्ष अगाडी बनेको भवन आवश्यक मर्मत अभावमा जीर्ण बन्दै गएको छ । 

"वषर्ा हुनासाथ प्रत्येक कोठामा पानी चुहिन्छ ।" ट्राफिक प्रहरी जवान विष्णु पन्थि भन्छन्, "दिन होस वा रात पानी पर्ना साथ आफ्ना सामानलाई प्लाष्टिकले ढाक्नपर्ने हुन्छ ।" पिउने पानीको अभाव भएकै समयमा प्रत्येक कोठामा पानी चुहिनुले प्रहरी हैरान भएको छ । पन्थिले भने, "सरकारले आवश्यक बजेट बिनियोजन नगर्दा समस्या थपिएको हो ।"

Share this post :

Post a Comment

 
Copyright © 2011. स्याङ्जा सहयोग समाज - All Rights Reserved
Template Bloggerised by: Smritirogi