Header Ads

Recently Updated :
Retrieving RSS feed(s)
Home » » स्याङ्जाको ढापुक धुवा रहित गाविस

स्याङ्जाको ढापुक धुवा रहित गाविस

Posted By संकल्प on Tuesday, April 16, 2013 | 8:13 AM

प्रकाश डोटेल
स्याङ्जा, ३ बैशाख ।
जिल्लाको विकट ढापुक सिमल भञ्ज्याङ् गाविस जिल्लाकै पहिलो धुवा रहित गाविस भएको छ । करिब ३ वर्षको अन्तरालमा ९ सय ४५ घरधुरीहरुमा सुधारिएको चुलो निर्माण गरेपछि गाविसलाई धुवा रहित घोषणा गरिएको छ ।
 आपसी सहयोग केन्द्र -आक्स) को समन्वयमा एकीकृत ग्रामीण विकास परियोजना -त्रिकोण डेनमार्क) को आर्थिक सहयोग तथा राष्ट्रिय नविकरणीय उर्जा, र क्षेत्रिय नविकरणीय उर्जा प्रवर्द्धन केन्द्र -रेडा) पाल्पाको प्राविधिक सहयोगमा धुवा रहित गाविस घोषणा गरिएको हो ।
 "आर्थिक श्रोत जुटाएर धुवा रहित बनाउन करिब ४ लाख खर्च गरेका छौं ।" आपसी सहयोग केन्द्र स्याङ्जाका अध्यक्ष रुकुमदत्त पौडेलले भने, "सक्नेले आफै चुलो बनाए आर्थिक विपन्न परिवारलाई प्रति परिवार ५ सय सहयोग गरेर गाविसलाई धुवा रहित बनाएका छौं ।"
 स्थानीय कृषकका अनुसार प्रति चुलो करिब १ हजार ५ सयमा निर्माण गर्न सकिनेछ । स्थानीयको सक्रियताले गाविसलाई धुवा रहित घोषणा गरिएको उनीहरुको भनाई छ । सुधारिएको चुलोको प्रयोगले समयको वचत र विभिन्न रोगबाट बच्न सकिने स्थानीयको विश्वास छ ।
 केन्द्रले जिल्लाका चापाकोट, मनकामना, क्याक्मी, चिन्नेबास, फापरथुम, पञ्चमूल र चित्रेभञ्ज्याङ्मा सुधारिएको चुलो कार्यक्रम संचालन गर्दै आएको छ । कार्यक्रम लागु भएका गाविसलाई छिट्टै धुवा रहित घोषणा गर्ने तयारी भएको छ ।

Share this post :

Post a Comment

 
Copyright © 2011. स्याङ्जा सहयोग समाज - All Rights Reserved
Template Bloggerised by: Smritirogi