Header Ads

Recently Updated :
Retrieving RSS feed(s)
Home » » मुक्तिनाथको नाफा साढे ११ करोड

मुक्तिनाथको नाफा साढे ११ करोड

Posted By संकल्प on Tuesday, April 16, 2013 | 8:11 AM

प्रकाश डोटेल
स्याङ्जा, ३ बैशाख ।

मुक्तिनाथ विकास बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अन्त्य सम्ममा ११ करोड ४० लाख संचालन मुनाफा आर्जन गर्न सफल भएको छ । 

बैंकले यस अवधिमा ३ अर्व २६ करोड निक्षेप संकलन गरि २ अर्व ८३ करोड कर्जा लगानी प्रबाह गर्न सफल भएको बैंकले जनाएको छ । बैकको हाल प्रति शेयर आम्दानी ४० रुपैया रहेको छ । 

१ अर्ब अधिकृत पूँजी रहेको बैंकको चुक्ता पूँजी २४ करोड ५० लाख रहेको छ । बैंकले गत चैत्रमा गरेको विशेष साधारण सभाले हकप्रद शेयर जारी गरि ३१ करोड ८५ लाख चुक्ता पूँजी पुर्‍याउने निर्णय गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत भरतराज ढकालले जानकारी दिएका छन् ।

१० जिल्ला कार्यक्षेत्र रहेको बैंकले हाल स्याङ्जा, कास्की, तनहुँ, चितवनमा कारोबार गर्दै आएको छ । बैंकले दिएको जानकारी अनुसार रुपन्देही र बाग्लुङ्मा छिट्टै शाखा स्थापना गरि बैंकिङ् कारोबार गर्ने भएको छ । 

"जनता बैंकमा होइन बैंक जनतामा जानुपर्छ भन्ने मुल मन्त्र" का साथ बैंक "एक ब्यक्ति एक बचत खाता, एक परिवार एक सफल ब्यवसायी", भन्ने अभियान संचालन गर्दै आधुनिक बैंकिङ् कारोबार गरेको छ ।

बैंकले "गाउँ गाउँमा लघुवित्त फैलाऔ गरिवी र विपन्नता हटाऔ" भन्ने जस्ता नारा अङ्गकिार गरी सञ्चालित लघुवित्त कार्यक्रमलाई अझ स्वस्थ, सवल र सक्षम तवरबाट वित्तीय पहुँच अभिबृद्धी गर्ने गरी अगाडी बढ्ने रणनिति लिएको छ । 

Share this post :

Post a Comment

 
Copyright © 2011. स्याङ्जा सहयोग समाज - All Rights Reserved
Template Bloggerised by: Smritirogi