प्रकाश डोटेल
स्याङ्जा, ३० चैत्र ।
स्याङ्जा, ३० चैत्र ।
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा स्याङ्जाको २९ औं जिल्ला सभाको अधिवेशन तथा स्वर्गजयन्ति २०७० को पूर्वसन्ध्यामा शुक्रबार जिल्ला सदरमुकाममा विविध कार्यक्रम सहित सम्पन्न भएको छ ।
सभाको उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी कैलाशनाथ खरेलले विश्वलाई गोलबन्द गराएर अगाडी बढ्न उपयुक्त माध्याम रेडक्रस भएको बताए । उनले रेडक्रस मार्फत मानवकाबीचमा भाईचाराको सम्बन्ध विकास गर्न सकिने बताए ।
पछिल्लो समयमा विकसित देशहरुमा हुन लागेका घटनाहरुलाई न्यूनीकरण गर्न रेडक्रसले पहल गर्नुपर्ने बताए । प्रजिअ खरेलले रेडक्रस मार्फत गरिने सबै कार्यहरु मानव समबेदनाले छुने भएकाले यसले सबैलाई एक ठाउँमा राख्न सहज हुने बताए ।
त्यस अवसरमा नेपाली काँग्रेस स्याङ्जाका सचिव कुमार राना, नेकपा एमालेका उपसचिव रामचन्द्र भट्टराई नेपाल रेडक्र सोसाइटी जिल्ला शाखाका पूर्व सभापतिहरु मिनप्रसाद गुरुङ्, रामबन्धु रेग्मी र शेरजंग अधिकारीले रेडक्रस मानव सेवाको उत्तम बाटो भएको बताए ।
सभामा मुक्तिनाथ विकास बैंकका संचालक नारायणप्रसाद पौडेल, बारका अध्यक्ष विष्णुप्रसाद उपाध्याय, पत्रकार महासंघका अध्यक्ष ओमप्रकाश शर्मा, दीर्घनारायण शर्मा, उद्योग वाणिज्य संघका हिक्मत श्रेष्ठ, बद्रीप्रसाद डोटेल, कमला शाही र प्रेम केसी लगाएतका वक्ताले बोलेका थिए ।
जिल्ला सभाको अधिवेशनमा शाखाका मन्त्री विष्णुप्रसाद काफ्लेले आर्थिक वर्ष २०६९/७० को यस अवधिमा भएका गतिविधिलाई समेटेर वाषिर्क प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । सोहि अवसरमा शाखाका कोषाध्यक्ष रामजी भण्डारीले चालु आर्थिक वर्षको ६३ लाख १ हजार ९ सय ७० रुपैयाँ अनुमानित आय-व्यय प्रस्ततु गरेका थिए ।
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाका सभापति चन्द्रमणी पौडेलको सभापतित्वमा भएको सभाको संचालन मन्त्री विष्णुप्रसाद काफ्ले गरेका थिए । सभामा स्वागत मन्तव्य उपसभापति लक्ष्मीकान्त रेग्मीले गरेका थिए ।
Post a Comment