घनस्याम पराजुली (कृष्ण),चितवन– स्याङ्गजा चितवन सम्र्पक समाजले नवबर्षको अवसर पारेर आगामि बैशाख १४ गतेका दिन बनभोज कार्यक्रम,शुभकामना आदानप्रदान तथा साधारण सभा गर्ने भएको छ ।
स्याङ्गजा जिल्ला बाट आई चितवनमा बसोबास गर्दै
आएका स्याङ्गजालीहरुको साझा संस्था स्याङ्गजा चितवन सम्पर्क समाजलाई विशुद्ध सामाजिक ढङ्गबाट अघाडि बढाउने उद्धेश्य अनुरुप फागुपुर्णिमाको अवसर पारि गत चैत्र १३ गतेका दिन भरतपुरको हङग्रिआई रेष्टुरेन्टमा आयोजना गरिएको साधारण भेलाले उक्त कार्यक्रम गर्ने निर्णय गरेको थियो। उक्त भेलामा उल्यख्य मात्रामा व्यवसायी , बुद्धिजिवी, समाजसेवी,कर्मचारि,पत्रकार लगायत स्याङ्गजालिहरुको उपस्थिति रहेको थियो।

उक्त भेलाले आगामि कार्यक्रमको लागि इन्द्र प्रसाद रेग्मीको संयोजकत्वमा ७ सदस्यीय व्यवस्थापन समितिको चयन गरेको थियो भने उक्त समितिले कार्यक्रमलाई व्यवस्थित र मार्यादित ढङ्गबाट अघाडि बढाउन महत्वपुर्ण भुमिका खेल्ने छ । बैशाख १४गतेका दिन नारायणगढ नजिक रहेको नगरवनमा विशेष कार्यक्रमका साथ स्याङ्गजा चितवन सम्र्पक समाजको नयाँ कार्यसमिति गठन गर्ने भएकाले सम्पुर्णलाई आ–आफ्नो ठाउबाट सहयोग पुर्याइदिनुहुन उक्त समितिले आग्रह गरेको छ । बनभोज कार्यक्रममा प्रवेश शुल्क रु ५०० प्रतिव्यक्तिकादरले लाग्ने र उक्त रकम नारायणगढ स्थि
त मुक्तिनाथ विकास बैंकमा सम्पर्क राखि जम्मा गर्न सक्ने व्यवस्था पनि रहेको छ।
Post a Comment