घनस्याम पराजुली , दोहा कतार – स्याङ्जा सहयोग समाज कतारले सनैयाको ४१ स्थित एक हलमा संस्थाका केन्द्रिय सदस्य प्रकास परियारको विदाई तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । सन् २००७ देखि संस्थामा सक्रिय रुपमा कार्यरत परियार विषेश कारणवस नेपाल र्फकनु पर्ने भएकाले संस्थामा गरेको योगदानलाई कदर गर्दै सम्मान गरिएको थियो ।
संस्थाका अध्यक्ष टुकराज अर्यालको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि संस्थाका प्रमुख सल्लाहकार तथा गैर आवासिय नेपाली संघ कतारका प्रथम उपाध्यक्ष गुरुनारायण रानाभाट हुनुहुन्थ्यो ।
स्याङ्जा सहयोग समाज दोहा कतारमा लामो समय देखि परियारले गरेका क्रियाकलापको प्रसंसा गर्दै प्रमुख अतिथिद्धारा उहाँको सुखद जिवनको कामना गर्नुभएको थियो भने संस्थाका सक्रिय व्यक्तिलाई बिदाई गर्नु पर्दा दुखित भएता पनि उँहा आफ्नो मातृभुमि र्फकन लाग्नु भएकाले उज्वल भविश्यको कामना गर्दै सभापतिलद्धारा उहाँले संस्थामा संयोजकको भुमिका निर्वाह गरि सम्पन्न भएका कामहरुको संमिक्षा गर्दै धन्यवाद प्रकट गर्नुभएको थियो । कार्यक्रमा प्रकास परियारद्धारा भावुक मन्तव्य राख्दै कतारबाट विदाई भएता पनि सँस्थामा सदैव आवद्ध रहि आफ्नो ठाउबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाउदै सम्पुर्ण स्याङ्जावासि एकजुट भई संस्थालाई अघाडि बढाउनु पर्ने र संस्थामा काम गर्ने क्रममा भए गरेका गल्तिको क्षमा आचना गर्दै मरुभुमिको यात्रामा सहयोग गुर्नुहुने सम्र्पुण महानुभावहरुमा आभार प्रकट गर्नुभएको थियो ।
संस्थाका सदस्य जिवन डोटेलले संचालन गरेको कार्यक्रमा सस्थाका प्रथम उपाध्यक्ष रामु बस्यालले स्वागत मन्तव्य राख्नुभएको थियो भने द्धि.उपाध्यक्ष गोप सुनार, कोषध्यक्ष याम प्रसाद श्रेष्ठ सदस्यहरु बेद प्र. पाठक, धनन्जय लम्साल,ईकाईको तर्फबाट नारायण प्र काफ्ले , प्रेम नेपाली साँस्कृतीक विभागको तर्फबाट धुर्व वि.सि.ले मन्तव्य राख्दै सुखद यात्रा साथै उज्जल भविश्यको कामना गरेका थिए ।कार्यक्रमा अध्यक्ष, प्रमुख अतिथि तथा संस्थाका पदाधिकारिहरु लगायत उपस्थित स्याङ्जावासिहरुद्धारा परियारलाई खादा ओढाई कदर पत्रद्धारा सम्मान गरि सानो सम्झनाको चिनो प्रदान गरेका थिए ।
स्याङ्जा सहयोग समाज दोहा कतार बैदेशिक रोजगारको शिलशिलामा कतारमा आई विभिन्न क्षेत्रमा कार्यरत स्याङ्जावासिहरुको सक्रियतामा सामाजिक सेवा र सद्धभाव ,आपसमा भाइचाराको सम्वन्ध विकास, मानविय सहयोग र कल्याणको क्षेत्रमा योगदान पुर्याउदै आएको छ भने कतारमा हुने सामाजिक क्रियाकलापहरुमा स्याङ्जावासिहरुको विषेश योगदान रहदै आएको छ ।
Post a Comment