Header Ads

Recently Updated :
Home » » स्याङजा सहयोग समाज कतारको रात्रिभोज तथा देउसीभैलो कार्यक्रम सम्पन

स्याङजा सहयोग समाज कतारको रात्रिभोज तथा देउसीभैलो कार्यक्रम सम्पन

Posted By Krishna parajuli(Ghanashyam) on Friday, November 16, 2012 | 8:36 PM


चिरन्जिवी तिम्सिना
दोहा- “स्यासेस को चाहान विशुद्ध सामाजिक सेवाको भावना” मुल नारका साथ विगत लामो समयदेखी दोहा कतारमा स्थापना भएको वरिष्ठ सामाजिक सस्था स्याङजा सहयोग समाज कतारद्धार दिपावलीको अवसर पारि कतारको राजधानी दोहाबाट करिव ८० किमी टाढा पर्ने एक रमणीय स्थल सीलाइन विचमा गत विहीवार १५ नभेम्बरका दिन पारिवारिक रात्री भोज तथा देउसी भैलो कार्यक्रम भव्यातका साथ सम्पन गरेको छ ।
सस्थाका अध्यक्ष टुकराज अर्यालको सभापतित्वमा भएको कार्यक्रममा बरिष्ठ उपाध्यक्ष रामु बश्यालले कार्यक्रमलाई उद्घोष तथा संचालन गरेका थिए भने कार्यक्रममा रात्री भोजको सयोजकत्वको भुमीका घनश्याम पराजुलीले निभाएका थिए ।
कार्यक्रमका प्रमुख अतिथी एनआरएनएका उपाध्यक्ष तथा सस्थाका निवर्तमान अध्यक्ष गुरु नारायण रानाभाट रहनु भएको थियो । साथै अथितिहरुमा सस्थाका सल्लाहकार पूर्ण के.सी. प्रोफेसर हरिभक्त ढकाल नेपाल पत्रकार महासंघ कतार शाखाका अध्यक्ष रबि भट्ट रोशी ,कान्तिपुर प्रवास साप्ताहिकका अरब ब्युरो संवाददाता होम कार्की ,राजधानी अन्तर्राष्टी्रय साप्ताहिकका दिपक पौडेल, प्रेम लामा जनप्रगतिशील मंचका रमेश भट्ट यू .ए .ई.एक्सेन्जका राजाराम बुढाथोकी, होमनाथ शर्मा लगाएत विभिन्न संघ सस्थाका प्रतिनिधिहरुको बाक्लो उपस्थिती रहेको थियो ।
उक्त कार्यक्रममा होमनाथ गैरेले स्वागत मन्तब्य राखेका थिए भने सस्थाका सल्लाहकार पूर्ण के सी ,नेपाल पत्रकार माहासंघ कतार शाखाका अध्यक्ष रबि भट्ट रोशी ,एन.आर.एन.ए.एन.सी.सी उपाध्यक्ष तथा निबर्तमान अध्यक्ष गुरु नारायण रानाभाट, जन प्रगतिशिल मंचका अध्यक्ष रमेश भट्ट युएई एक्सेन्जका कतार शाखाका मेनेजर राजाराम बुढाथोकी लगायत विभिन्न ब्यतित्वहरुले स्याङजा सहयोग समाज सामाजिक दृषटिकोणले गुणात्मक रुपमा अग्र गतिमा रहेको र आउने दिनहरुमा पनि यसरि नै आगाडी बडी रहन सकोस भन्दै आ–आफ्नो शैलीबाट सस्थालाई दिपावली तथा कार्यक्रम सफलतको शुभकामना दिएका थिए ।
वैदेशिक रोजगारका लागि कतार बसोबास गर्दै आएका नेपालीहरुमा सामाजिक समुहहरुको एक दरिलो सस्था रहेको स्याङजा सहयोग समाज कतारले बिगत लामो समय देखि हरेक सामाजिक कार्यहरुलाई नेपाली समूहहरु बिचमा प्रस्तुत गर्दै दशैं तिहार इद तथा छट लगायत सम्पूर्ण नेपालीहरु मार्फत मनाइने सास्कृतिक पहिचानलाई आगाडी लैजादै विभिन्न चाडहरुको अवसर पारेर सम्पूर्ण कतार बासी नेपालीहरुको बिदाको अवसरमा कतारको माहोलमा विगतका दिनहरुमा पनि सास्कृतिक कार्यक्रमहरु गर्दै आइरहेको छ ।
गत बडा दशैंको अवसरमा पनि यस सस्थाले अध्याक्ष टुकराज अर्यालको संयोजकत्वमा सनैयाको ४२ मा दुर्गा पुजाको पनि आयोजना गरेको थियो ।
सस्थाका सांगीतिक समुह साथै सम्पूर्ण स्याङजा सेवा सहयोग समाजका सदस्यहरुको सामुहिक सहयोग मार्फत उक्त वृहत रात्री भोज सम्पन भएको हो ।







Share this post :

Post a Comment

 
Copyright © 2011. स्याङ्जा सहयोग समाज - All Rights Reserved
Template Bloggerised by: Smritirogi