घनस्याम पराजुली (कृष्ण), दोहा – कतारको सनैया स्ट्रिट न. ५२ स्थित लेवर क्याममा भिषण आगलागि भएको छ । दिउसो करिव ३ वजे लागेको उक्त आगोबाट ४ क्याम पुर्णरुपमा ध्वस्त भएका छन ,अल जावर कम्पनिको एक क्याम्पमा कार्यरत ६५ जना कामदार मध्ये १५ जना नेपालीहरु सम्पर्कमा आए पनि अन्य तिन क्याम्पमा रहेका कामदारहरुको बारेमा केहि जानकारि आएको छैन । दिउसोको समयमा भएको उक्त घटनामा मानविय क्षेति भने नभएको अनुमान गरिएको छ ।
स्याङ्गजा सहयोग समाज कतारका द्धितिय उपाध्यक्ष गोप सुनारको संयोजकत्वमा प्रमुख सल्लाहकार तथा गैर आवासिय नेपाली संघका प्रथम उपाध्यक्ष गुरुनारायण रानाभाट , स्या.स.स कतारका प्रथम उपाध्यक्ष रामु बस्याल ,धनन्जय लम्साल र लेख बहादुर कुबरद्धारा अल जावर कम्पनिमा कार्यरत आगजनिमा परेका १५ नेपालीहरुका लागि लत्ता कपडा , चप्पल , सावुन तथा अति आवश्यक बस्तुहरु उक्त कम्पनीका सुपरभाइजरको रोहवरमा हस्तान्तरण गरेका छन भने खान बस्नको व्यवस्था कम्पनीले नै गरिदिएको छ । पिडितहरुले कतारमा स्थापित संघ सस्थाहरु तथा सहयोगीहरुबाट सहयोगको अपेक्षा गरेका छन ।
रोजगारिको शिलशिलामा करिव १८ महिना अघि कतार आएका उनिहरु चडवाडको बेलामा भएको यस्तो घट्नाले असाध्यै दुखि देखिन्थ्ये । तिहारको लागि घरखर्चको लागि भनेर जोगाड गरेको केहि नगद सहित कोठामा भएका ल्याप्टप, मोवाईल , टेलिभिजन देखि सम्पुर्ण समान गुमाएका उनिहरुले कतारि रियाल ५० का दरले दुतावासबाट सहयोग पाएका थिए । सोहि कम्पनिमा कार्यरत श्रीलङ्कन कामदारहरुलाई भेटन पटक पटक दुतावासबाट राजदुत आएको जानकारि गराउदै स्या.स.सका पदाधिकारिहरुको उपस्थितिले उनिहरु केहि खुसि भएका थिए । प्रमुख सल्लाहकार रानाभाट लगायत उपस्थित सबैले यस दुखद समयमा केहि सान्त्वना दिदै आउदै गरेको दिपावलीको शुभकामना दिएका थिए साथै पिडित कामदारहरुका सुपरभाईजरलाई भेटि कम्पनीबाट विषेश सहयोगको लागि अपिल गरेका थिए ।

Post a Comment