Header Ads

Recently Updated :
Home » » स्याङ्गजा सहयोग समाज युएईको अजमान क्षेत्रिय समितिको अधिवेसन सम्पन्न

स्याङ्गजा सहयोग समाज युएईको अजमान क्षेत्रिय समितिको अधिवेसन सम्पन्न

Posted By संकल्प on Monday, May 20, 2013 | 7:03 PM

लक्ष्मण खनाल, युएई
स्याङ्गजा सहयोग समाज युएई अन्र्तगतको अजमान क्षेत्रिय समितिको दोस्रो अधिवेसन गत शुक्रबार का दिन अजमान स्थित न्यु सनैमा सम्पन्न भएको छ ।

समितिका निवर्तमान सचिव रुद्र थापको संचलन रहेको उक्त कार्यक्रमको सभापतित्व क्षेत्रिय  उपाध्यक्ष ललित गुरुङले गर्नुभएको थियो भने प्रमुख अतिथि स्याङ्गजा सहायोग समाज युएइका अध्यक्ष भुपती न्यौपाने रहनुभएको थियो त्यसै गरि विषेश अतिथिमा स्याङ्गजा सहयोग समाज युएईका संस्थापक अध्यक्ष तथा एनआरएनए एनसिसि युएईका अध्यक्ष चन्द्र रोकाहा रहनुभएको थियो । अन्य अतिथिहरुमा स्याङ्गजा सहयोग समाज युएईका महासचिव भुपराज वस्याल, सचिव राजु पाण्डे, कोषाध्यक्ष कृष्ण न्यौपाने, सदस्य लक्ष्मण खनाल, सदस्य मिलन गुरुङ रहनु भएको थियो ।
उक्त कार्यक्रमबाट रुद्र थापाको अध्यक्षतामा  नौ सदस्यिय नया कार्यसमिति चयन भएको छ जसको उपाध्यक्षमा रमेश गुरुङ, सचिव हस्त बहादुर मगर, सहसचिव कुमार मगर, कोषाध्यक्ष सुरज गुरुङ, सहकोषाध्यक्ष युक्त बहादुर पुलामी मगर र सदस्यहरुमा क्रमशः हेम गुरुङ, गन बहादुर थापा र गिर बहादुर राना चयन हुनुभएको छ साथै सोही समितिको सल्लाकार हरुमा मिलन गुरुङ, गमल थापा ललित गुरुङलाई चयन गरिएको छ ।
मिलन गुरुङको स्वागत मन्तव्य रहेको उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथि न्यौपानेले रोजगारीको शिलशिलामा प्रवासमा भैपरि आउने समस्याहरुको समाधान गर्न समाजको आवश्यकता रहेको भन्दै एउटा भातृत्व विकास गर्न, आपसी सम्बन्ध र सहकार्यमा जोड दिदै सामुहिकताको  विकास गर्नुपर्ने कुरामा जोड दिनुभयो । त्यस्तै विषेश अतिथि चन्द्र रोकाहाले सामाजिक जिवनको आवश्यकता माथि प्रकाश पार्दै सामुहिकता र एकतामा बल रहेकोले एक भई जिल्लाको विकासमा लाग्नु पर्ने कुरा औल्याउनु भयो । समाजका विभिन्न क्रियाकलापमा अबद्ध भएर काम गर्दै जादा सेवा सहित व्यक्तित्व विकास पनि हुने कुरा प्रष्ट्याउदै उहाले सफल जिनवको लागि व्यक्तित्व विकास को आवश्यकता मा जोड दिनुभएको थियो भने अतिथिहरु भुपराज वस्याल, राजु पाण्डे, कृष्ण न्यौपाने, लक्ष्मण खनाल लगायतले नया कार्यसमितिको सफल कार्यकालको लागि शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
पुरानो कार्य समिति मइन्युट ग्रहण गर्दै नव गठित समितिका अध्यक्ष  थापाले प्रतिवद्धता मन्तव्य राख्दै स्याङ्गजा सहयोग समाज का हरेका क्रियाकलापमा सक्रिय भुमिका निभाउने प्रतिवद्धता व्यक्त  गर्नुभएको थियो ।

Share this post :

Post a Comment

 
Copyright © 2011. स्याङ्जा सहयोग समाज - All Rights Reserved
Template Bloggerised by: Smritirogi