Header Ads

Recently Updated :
Home » » स्याङ्गजा सहयोग समाज युएईको शारजाह क्षेत्रिय समितिको अधिवेसन सम्पन्न

स्याङ्गजा सहयोग समाज युएईको शारजाह क्षेत्रिय समितिको अधिवेसन सम्पन्न

Posted By संकल्प on Tuesday, May 21, 2013 | 8:05 AM

लक्ष्मण खनाल, युएई
स्याङ्गजा सहयोग समाज युएई अन्र्तगतको शारजाह क्षेत्रिय समितिको दोस्रो अधिवेसन गत शुक्रबार का दिन शारजाहको रोला पार्कमा सम्पन्न भएको छ ।
शारजाह क्षेत्रिय समिति अधिवेसन आयोजक समितिका संयोजक खेम गुरुङको सभापतित्व रहेको उक्त कार्यक्रमले जिवन शर्माको अध्यक्षतामा ११ सदस्यिय नया कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा हरी प्रसाद पाण्डे, सचिवमा राजु केसी, सहसचिव मनि पाण्डे, कोषाध्यक्ष पुरुषोतम सापकोटा, सहकोषाध्यक्षमा विष्णु प्रसाद वस्याल, र
सदस्यहरुमा क्रमशः बावुराम ढकाल, राम प्रसाद वस्याल, गोपाल पाण्डे, शोभाकान्त ढकाल, शालिकराम कोइराला रहनुभएको छ । यसका साथै सो कार्यक्रमले २ सदस्यिय सल्लाहकार समिति पनि चयन गरेको छ जसमा मिलन गुरुङ र देविलाल खनाल रहनुभएको छ ।
स्याङ्गजा सहयोग समाज युएई का महासचिव भुपराज वस्यालले संचालन गर्नुभएको उक्त कार्यक्रमको प्रमुख अतिथिमा स्याङ्गजा सहायोग समाज युएइका अध्यक्ष भुपती न्यौपाने रहनुभएको थियो त्यसै गरि विषेश अतिथिमा स्याङ्गजा सहयोग समाज युएईका संस्थापक अध्यक्ष तथा एनआरएनए एनसिसि युएईका अध्यक्ष चन्द्र रोका रहनुभएको थियो । अन्य अतिथिहरुमा स्याङ्गजा सहयोग समाज युएईका सचिव राजु पाण्डे, कोषाध्यक्ष कृष्ण न्यौपाने, सदस्य लक्ष्मण खनाल रहनु भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथिको आसनबाट शुभकामना मन्तव्य राख्दै अध्यक्ष न्यौपानेले समाजलाई गतिशिल बनाउनको लागि सम्पुर्ण युएई बासी स्याङ्गजालीको अभिलेख राख्दै समाजमा आवद्ध गराउनुपर्ने कुरा व्यक्त गर्नुभयो । साथै विषेश अतिथि चन्द्र रोकाले पवित्र मन लिएर समाजसेवामा जुट्न सके जिवनको सार्थकता त्यहा उच्च हुने भन्दै व्यक्तिगत जिवन भन्दा सामुहिक जिवन सफल हुने कुरामा दुइमत नभएको भन्दै आफ्नो आफ्नो समय, क्षमता ले सकेसम्म जिवनलाई सामाजिक वनाउनुपर्ने कुरामा जोड दिनुभयो । त्यसैगरी अतिथिहरु राजु पाण्डे, कृष्ण न्यौपाने, लक्ष्मण खनाल लगायतले नया कार्य समितिको सफल कार्यकालको शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । 
पुरानो कार्य समितिको तर्फबाट अभिलेख हस्तान्तरण गर्दै कार्यक्रम संयोजक मिलन गुरुङले नया कार्यसमितिलाई बधाइ तथा शुभकामना व्यक्त गर्नुभयो भने नया कार्यसमितिको तर्फबाट प्रतिवद्धता मन्तव्य राख्दै अध्यक्ष जिवन शर्माले आफुहरु समाजको हितलाई सर्वौपरि ठान्दै समाजिक क्रियाकलापमा अघि बढ्ने कुरा व्यक्त गर्नुभएको थियो ।

Share this post :

Post a Comment

 
Copyright © 2011. स्याङ्जा सहयोग समाज - All Rights Reserved
Template Bloggerised by: Smritirogi