लक्ष्मण खनाल, युएई
समितिका कोषाध्यक्ष शंकर न्यौपानेको संचालन रहेको उक्त कार्यक्रमको सभापतित्व समितिका अध्यक्ष सोभित बहादुर थापाले गर्नुभएको थियो । स्याङ्गजा सहयोग समाज युएइका महासचिव भुपराज वस्यालको प्रमुख आतिथ्यता रहेको कार्यक्रमका अन्य अतिथिहरुमा स्याङ्गजा सहयोग समाज युएइका सचिव राजु पाण्डे, कोषध्यक्ष कृष्ण न्यौपाने, सदस्यहरु लेखनाथ न्यौपाने, ऋषि बस्याल र लक्ष्मण खनाल रहनुभएको थियो ।
स्याङ्गजा सहयोग समाज युएई अन्र्तगतको अवुधावी क्षेत्रिय समितिको दोस्रो अधिवेसन गत शुक्रबार सम्पन्न भएको छ ।
कार्यक्रमले टेकलाल खनालको अध्यक्षतामा ११ सदस्यिय नया कार्य स
मिति चयन गरेको छ जसको उपाध्यक्षमा भुमी केसी, सचिव दिपेश कुावर, सहसचिव कुशल गुरुङ, कोषाध्यक्ष कमल शर्मा, सह कोषाध्यक्ष देव कुमार थापा, र अन्य सदस्यहरुमा क्रमशः बाबुराम सुनुवार, खुमन राना मगर, ठाकुर प्रसाद ढकाल, गोविन्द पाठक र शितल सुनुवार रहनुभएको छ ।
कार्यक्रम संयोजक लेखनाथ न्यौपानेको स्वागत मन्तव्य बाट शुरु भएको उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथि बस्यालले समाजिक सहायोग को भावना वृद्धि गर्न सामाजिक क्रियाकलापलाई निरन्तरता दिनुपर्ने बताउदै स्याङ्गजा सहयोग समाजको उच्चता बढाउन क्षेत्रिय समितिहरुले महत्वपुर्ण भमिका निर्वाह गर्नुपर्ने कुरा व्यक्त गर्नुभयो । त्यसैगरी अतिथिहरु राजु पाण्डे, कृष्ण न्यौपाने, लेखनाथ न्यौपाने, ऋषि बस्याल र लक्ष्मण खनाले शुभकामना मन्तव्य राख्दै नया कार्यसमितिको सफल कार्यकालको लागि कामना गरेका थिए भने समितिका कोषाध्यक्ष शंकर न्यौपानेले समितिको बाषिर्क अर्थिक प्रतिवेदन पेश गर्नुभयो र सचिव टेकलाल खनालले संस्थाको सांगठनिक प्रतिवेदन पेश गर्नु भएको थियो ।
Post a Comment