लक्ष्मण खनाल, युएई
स्याङ्गजा जिल्लाको विर्घा गविसमा बाट युएईमा आई कार्यरत रहेका प्रवासी विर्घाबासीहरुले विर्घा सहयोग समाज युएई गठन गरेका छन ।
गत शुक्रबार दुबई स्थित मेट्रो पार्कमा आयोजित एक भेला विच उक्त समाज गठन गरिएको थियो जसको अध्यक्षमा सुर्य प्रसाद पाण्डे रहनुभएको छ भने कार्यकारी उपाध्यक्षमा विष्णु पाण्डे र मित्रलाल पाण्डे सचिवमा प्रेम थापा, सहसचिवमा चिरञ्जिवी पाण्डे, कोषाध्यक्षमा धुव्र राज पाण्डे, सहकोषाध्यक्षमा प्रेम सिंह राना रहनुभएको छ त्यसैगरी सदस्यहरुमा क्रमशः मन रुपा पाण्डे, टेक बहादुर राना, इन्द्र प्रसाद पाण्डे, बाबुराम पाण्डे, कुमार राना, हरी पाण्डे, गौतम रादपाल, याम बहादुर विक, छवि पाण्डे, यामु नेपाली, हुमानाथ पाण्डे र निर बहादुर पाण्डे रहनुभएको छ ।
साथै उक्त भेलाले कार्यसमितिको तीन सदस्यिय सल्लाहकार समिति पनि गठन गरेको छ जसमा कृष्ण पाण्डे, पशुपती भुषाल र लक्ष्मण थापा चयन हुनुभएको छ ।
समाजले युएइमा प्रवासी नेपालीमाथी हुने समस्याको समाधान गर्न कटिवद्ध रहदै विर्घावासीको आकडा जम्मा गरी विर्घा गविसको शिक्षा, स्वास्थ्य लगायत गाविसको विकासमा सहयोग गर्ने कुरा अध्यक्ष सुर्य पाण्डेले जानकारी दिनुभएको थियो ।
Post a Comment