प्रकाश डोटेल
स्याङ्जा, २९ जेठ ।
स्याङ्जा, २९ जेठ ।
नेपाली शिक्षामा विद्यार्थीले फलामे ढोकाका रुपमा लिने गरेको प्रबेशिका परीक्षा अन्र्तगत स्याङ्जमा गत वर्षको तुलनामा यस वर्ष उत्तीर्ण प्रतिशतमा कमी आएको छ । गत वर्षको तुलनामा २०६९ मा सम्पन्न प्रबेशिका परीक्षामा उत्तीर्ण हुनेको संख्यामा करिब १६ प्रतिशतले कमी आएको हो ।
६ हजार ५ सय ३६ परिक्षार्थी सहभागि भएको २०६९ को प्रबेशिका परीक्षामा ४१ दशमलव ७५ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् । ६ हजार ६ सय ६७ परिक्षार्थी सहभागि भएको गत वर्षको प्रबेशिका परीक्षामा स्याङ्जामा करिब ५७ प्रतिशत परिक्षार्थी उत्तीर्ण भएका थिए । प्रबेशिका परीक्षामा स्याङ्जामा हुने गरेको उत्तीर्ण दर राष्ट्रिय स्तरकै छ ।
सरकारी र नीजि गरि १ सय ५५ विद्यालयबाट परिक्षामा सहभागि परीक्षार्थी मध्ये विशिष्ट श्रेणीमा ८७, प्रथम श्रेष्णीमा ९ सय ७९, द्धितीय श्रेणीमा १ हजार ५ सय ५७ र तृतीय श्रेणीमा १ सय ६ सहित २ हजार ७ सय २९ परिक्षार्थी उत्तीर्ण भएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।
"एक्जाम्टेड तर्फ १ हजार १ सय ३३ परिक्षार्थी परीक्षामा सहभागि भएका थिए ।" शिक्षा कार्यालयका उपसचिव गोविन्दराज पोख्रेलले भने, "प्रथम श्रेणीमा १, द्धितीय श्रेणीमा ८४ र तृतीय श्रेणीमा २९ परिक्षार्थी उत्रीर्ण भएका छन् ।" परिक्षामा सहभागि संख्याको ९ दशमलव ८० प्रतिशत मात्रै परीक्षार्थी उत्तीर्ण भएको उपसचिव पोख्रेलले जानकारी दिए ।
सरकारी विद्यालय तर्फ सरस्वती माध्यामिक विद्यालय श्रीकृष्णगण्डकीबाट परीक्षामा सहभागि २३ जनालाई उत्तीर्ण गराएर शतप्रतिशत नतिजा ल्याउन सफल भएको छ । अमला भज्याङ् मावि क्याक्मी र ठूलीभज्याङ् मावि कालीकाकोटको नतिजा भने शुन्य रहेको शिक्षा कार्यालयले जनाएको छ । कार्यालयका अनुसार अमलाभ्ाञ्ज्याङ माविबाट प्रवेशिका परीक्षामा कुल १७ जना सहभागी थिए भने ठुलिभञ्ज्याङ माविबाट २९ जना सहभागीमा सबै अनुत्तीर्ण भएका हुन् ।
नीजि तर्फ जिल्लाभरबाट ७ विद्यालयले मात्रै शतप्रतिशत नतिजा ल्याएका सफल भएका छन् । शतप्रतिशत नतिजा ल्याउनेमा ज्योति उमावि, भूपु सैनिक उमावि पुतलीबजार, हिमालय मावि, बालविद्या उमावि, शितला मावि, कालीका मावि र कालीगण्डकी बोर्डिङ्ग रहेका छन् । विगतमा शतप्रतिशत परिक्षार्थी उत्तीर्ण गराउँदै प्रचारमा आक्रमक बन्ने गरेका ठूला नीजि विद्यालय नतिजाबाट निराश हुन बाध्य भएका छन् ।
"जिल्ला स्तरमा हुने गरेका परिक्षाहरु मर्यादित हुन सकेको छैन् ।" अगुवा शिक्षक भवानी ढकालले भने, "परीक्षा मर्यादित बनाउन सके स्याङ्जाको उत्तीर्ण दर १० प्रतिशतमा र्झछ ।" राज्यले गरेको लगानीको अनुपातमा अपेक्षाकृत सफलता हात पार्न सकेन, नतिजाले सबैलाई निराश बनाएको ढकालले बताए ।
Post a Comment