लक्ष्मण खनाल, युएई
स्याङ्गजा जिल्लाको पञ्चमुल गाविस वार्ड नं. ६ घर भइ युएईमा घरेलू कामदारको रुपमा कार्यरत पिडित नेपाली चेली जमुना अधिकारी , स्याङ्गजा सहयोग समाज अबुधावी क्षेत्रिय समितिको विषेश सक्रियता र नेपाली राजदुतावास युएईको पहलमा स्वदेश फर्किएकी छन् ।
विगत ८ महिना देखी एक इन्डियनको घरमा कार्यरत उनि पटक पटक विभिन्न वहानामाघर मालिक मलिक्नी बाट प्रताडीत हुदै आएको र अन्त्यमा घर मालिकले घरको सिसा फुटालेको आरोप लगाएर जेलमा हालिदिएपछि उनका दाजुको निवेदनमा स्याङ्गजा सहयोग समाज अबुधावी क्षेत्रिय समितिका पदाधिकारीहरु सोभित थापा, टेक खनाल शंकर न्यौपाने , लेखनाथ न्यौपाने लगतयतले विषेश सक्रियता देखाइ राजदुतावासलाई पहल गर्न लगाएर लेवर कोर्टमा मुद्दा दायर गरेको र यहाा स्थित लेबर कोर्टले निज अधिकारी बेकसुर रहेको प्रमाणित गरिदिए पछि उनि अ स्वदेश फर्केकी हुन ।
Post a Comment