Header Ads

Recently Updated :
Retrieving RSS feed(s)
Home » » माओवादी विभाजन जनबाद नभएर धनबाद

माओवादी विभाजन जनबाद नभएर धनबाद

Posted By संकल्प on Sunday, June 16, 2013 | 7:16 AM

प्रकाश डोटेल
स्याङ्जा, २ असार ।

नेपाली काँग्रेसका केन्दि्रय सदस्य अर्जुनरसिह के.सी.ले एकीकृत नेकपा माओवादी विभाजन जनबादका कारण नभएर धनबादका कारण भएको बताएका छन् । माओवादीको बैचारिक हैसियत सकिएपछि धनबादमा लागेको के.सी.ले आरोप लगाए ।

"माओवादीहरु सर्वहाराको नेतृत्व गरेको बहाना बनाउँदै महल उपयोगी भएका छन् ।" नेपाली काँग्रेस स्याङ्जाको आयोजनामा जिल्ला सदरमुकाममा भएको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता के.सी.ले भने, "१५ हजार नेपालीको ज्यान जाने गरि भएको युद्धको उपलब्धी दाहाल र भट्टराईलाई महलमा पुर्‍याउनुका लागि होईन् ।"

"युद्धमा माओवादी नेताहरुले जनतालाई झुक्याउन बाँढेको नारा सत्तामा पुगेपछि बिर्सीए ।" नेता के.सी.ले भने, "धनमा भुलेर नारा बिर्सीएका माओवादी नेता चुनावदेखि डराएका छन् ।" चुनाव गर्नुपर्छ भनेर ठूला भाषण गर्ने माओवादीको सबै गतिबिधी चुनाव बिरोधी भएको के.सीले बताए ।

वर्तमान सरकार निर्माणमा पार्टी भित्र ठूलो मतान्तर भएपनि देशलाई निकास दिन नीतिगत रुपमा सबैले त्याग गरेको के.सी.ले बताए । उनले भने, "दलबीच सहमति नहुने र संक्रमणकाल लम्बिने हुँदा रेग्मीको नेतृत्वलाई स्वीकार गरौं ।"

"लोकतान्त्रिक संविधान निर्माण विना नयाँ नेपाल शब्दमा सिमित बन्छ ।" नेता के.सी.ले भने, "लोकतन्त्रको संस्थागत र लोकतान्त्रिक संविधान निर्माण गर्न लोकतन्त्रबादीको विजयी हुनु आवश्यक छ ।" मंसीर ४ गते हुने संविधानसभाको निर्वाचनमा काँग्रेसलाई दुईतिहाइ स्थानमा विजयी बनाए १ वर्षभित्रमा सबैको सहभागिता र सम्मान हुने संघीयता र लोतान्त्रिक संविधान निर्माण गरेर देखाउने के.सी.ले दाबी गरे ।

कार्यकर्ता भेलामा बोल्दै नेपाली काँग्रेसका केन्दि्रय सदस्य सुजाता परियारले गणतन्त्र स्थापनापछि बनेका सबै बामपन्थी नेतृत्वको सरकारले संविधानसभा र जनताको अपेक्षा अनुसार काम नगरेको स्पष्ट पार्दै उनले भनिन्, "बामपन्थीमा व्यक्तिबाद हाबी हुँदा जनताले अपेक्षा गरेको काम गर्न सक्दैनन् ।" 

नेपाल मुस्लिम संघ स्याङ्जाको दोस्रो जिल्ला अधिवेशन उद्घाटन गर्न शनिबार स्याङ्जा सदरमुकाम आएका काँग्रेसका प्रभावशाली नेता के.सी.ले आइतबार सदरमुकाममा भएका विभिन्न कार्यक्रमलाई सम्बोधन गरेका थिए ।
Share this post :

Post a Comment

 
Copyright © 2011. स्याङ्जा सहयोग समाज - All Rights Reserved
Template Bloggerised by: Smritirogi