जिवन डोटेल-दोहा
समस्यामा परेका कतार वासी नेपालीहरु लाई विभिन्न सहयोग गर्दै आइरहेको स्याङ्गजा सहयोग समाज कतारले रोजगारीको सिलसिलामा कतारमा ज्यान गुमाएका कोल्मा ४ बडाचऊर स्याङ्गजा का ईश्वर बहादुर थापा को परिवार लाई ६४ हजार ९ सय ४० रुपैया को आर्थिक सहयोग प्रदान गरेको छ ।

केहि बर्ष पहिले देखी कतारको एक हुन्डाई कम्पनीमा कार्यरत ईश्वर बहादुर थापा को मिति २८ डिसेम्वर २०१२ का दिन आकस्मिक निधन भएको थियो । भने मृतकको मृत शरिर नेपाल पठाई सकिएको र मृतक थापा को परिवार -श्रीमती एक छोरा, एक छोरी) वेसाहारा हुन पुगेको अवस्थामा उक्त परिवारलाई राहत स्वरुप स्याङ्गजा सहयोग समाज दोहा कतार का उपाध्यक्ष गोप सुनार को संयोजकत्व तथा चित्र बहादुर थापा र पुर्ण बहादुर आले को बिषेश पहल मा दोहामा कार्यरत विभिन्न सहयोगी ब्यक्ती तथा संघ संस्थाहरु ब्ााट सहयोग संकलन कार्यक्रम गरि उक्त सहयोग रकम संकलन गरिएको कुराको जानकारी स्याङ्गजा सहयोग समाज दोहा कतार का अध्यक्ष टुकराज अर्याल ले दिनुभएको छ ।
उक्त संकलित रकम लाई स्याङ्गजा सहयोग समाज दोहा कतारले अन्तराष्ट्रिय समन्वय समिति स्याङ्गजामा पठाई २०७० असार २४ मा अन्तरास्टि्रय समन्वय समितिले एक कार्यक्रमा गरी उक्त कार्यक्रमका प्रमुख अतिथि मिन प्रशाद गुरुङ्ग तथा बिषेश अतिथि स्याङ्गजा सहयोग समाज दोहा कतार का प्रथम उपाध्यक्ष रामु वस्याल को हातबाट मृतकको परिवार लाई नगद रकम प्रदान गरिएको जानकारी उक्त कार्यक्रमका सभापती तथा अन्तराष्ट्रि समन्वय समिति का अध्यक्ष अनन्त कुमार श्रेष्ठले दिनुभएको छ ।
Post a Comment