Header Ads

Recently Updated :
Home » » ज्यान, धन र श्रम लुट्ने राष्ट्रवादी बन्न सक्दैनन - नेता बिष्ट

ज्यान, धन र श्रम लुट्ने राष्ट्रवादी बन्न सक्दैनन - नेता बिष्ट

Posted By संकल्प on Thursday, August 8, 2013 | 11:31 PM

श्रीकृष्ण सिग्देल
  स्याङ्जा, साउन - पूर्व शिक्षा मन्त्री एवं राप्रपा नेपालका केन्द्रीय नेता केशरबहादुर बिष्टले सोझासाझा ब्यक्तिको ज्यान, धन र श्रमलुटेर मोज गर्नेहरु राष्ट्रवादी हुन नसक्ने बताउनुभएको छ ।  
        राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल स्याङ्जाद्वारा बुधवार स्याङजा सदरमुकाममा आयोजित जिल्ला स्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै नेता बिष्टले राष्ट्रवादी भएको भए मुलुकले यस्तो नियती भोग्नु नपर्नेमा जोड दिनुभयो । पुर्व मन्त्री एवं नेता बिष्टले सत्ता परिवर्तनपछिका हिसाव सबैले बुझाउदै आएको बताउदै अवका हिसाव किताव बुझाउन पनि ए माओवादी तयार हुनु पर्नेमा जोड दिनुभएको थियो ।
        प्रशिक्षण कार्यक्रममा पूर्व सभासद एवं महामन्त्री चन्द्रबहादुर गुरुङले राप्रपा नेपाल हारेमा नेपाले हार्ने हुदा राप्रपा नेपाललाई पहिलो स्थानमा जिताउनु पर्ने बताउनुभयो । कार्यक्रममा केन्द्रीय सदस्य खगेन्द्र बस्नेत, पूर्व संसद पिताम्बर थापा, जिल्ला विकास समिति पूर्व सभापति रामबन्धु रेग्मी, महिला संगठनका केन्द्रीय महासचिव उसासिंह थापाले आजन्म कैदको सजाए सुनाइएका ब्यक्तिलाई संगैलिएर हिड्दा पनि प्रहरीले समाउन नखोज्नु कानूनी राज्यको उपहासको उदाहरण रहेको बताए । 
     यसैगरी, धर्मराज पाण्डे, श्याम अर्याल, बिष्णु गुरुङ, झबिश्वर तिमिल्सिना, ज्ञानप्रसाद न्यौपानेले राप्रपा नेपालले हारेमा नेपालकै पराजय हुने हुदा राप्रपा नेपाललाई जिताउनु पर्नेमा जोड दिदै मंसिर ४ मा चुनाव गराउनका लागि जिल्ला जिल्लाबाट दवाव दिनु पर्ने बताए । जिल्ला सभापति मदनबहादुर कार्कीको सभापतित्वमा सम्पन्न प्रशिक्षण कार्यक्रमको संचालन सचिव जयनारायण श्रेष्ठले गर्नुभएको थियो । 
     यसैबीच, राष्ट्रिय शत्ति प्रजातन्त्रका केन्द्रीय सदस्य रामबन्धु रेग्मी सहित आज करिब ७० जना राप्रपा नेपालमा प्रवेश गर्नुभएको छ । राप्रपा नेपालले भदौं २१ गतेका दिन गोरखा जिल्लाबाट २० वटा बस यात्रा संचालन गर्ने जनाएको छ । बस मार्फत मुलुक भरका २ सय ४० निर्वाचन क्षेत्रमा पुगेर प्रचार प्रचार र हिन्दुराज्य घोषणााका लागि हस्ताक्षर अभियान संकलन गरिनेपनि जानकारी दिइएको थियो । 




Share this post :

Post a Comment

 
Copyright © 2011. स्याङ्जा सहयोग समाज - All Rights Reserved
Template Bloggerised by: Smritirogi