लक्ष्मण खनाल युएई ,
स्याङ्गजा सहयोग समाज युएईले संस्थालाई गतिवान बनाउने र सामाजिक क्रियाकलापलाई अनुशासित राख्नको लागि विभिन्न विभागहरु गठन गरेको छ ।

सामाजको नियमित बैठक अन्र्तगत शारजाहको नेश्नल पेण्ट नजिकै आयोजना गरिएको उक्त बैठकले विभिन्न प्रस्तावहरुमाथि छलफल गर्दै विभिन्न विभागहरु र संयोजन समितिहरु निर्माण गरेको छ । जस अन्र्तगत एकेन्द्र थापाको संयोजकत्वमा अनुशासन तथा बुद्घजिीवि विभाग, कलाकार गोपिकृण्ण पंगेनीको संयोजकत्वमा सांस्कृतिक विभाग, हिमलाल डुम्रेको संयोजकत्वमा खेलकुद विभाग र लक्ष्मण खनालको संयोजकत्वमा संस्था समन्वय विभाग गठन गरिएको छ ।

समाजका अध्यक्ष राजु पाण्डेको अध्यक्षता, रहेको उक्त बैठकमा समाजका संस्थापक अध्यक्ष तथा संरक्षक चन्द्र रोका, सल्लाहकार संयोजक भुपति न्यौपाने र पुर्व उपाध्यक्ष एकेन्द्र थापाको विषेश उपस्थिति रहेको बैठकले समाजका विभिन्न क्षेत्रहरुलाई समन्वय गरी गति दिनको लागि क्षेत्रिय इन्चार्जहरुको पनि चयन गरेको छ जस अन्र्तगत अबुधावि क्षेत्रिय इन्चार्जमा शंकर न्यौपाने, दुबई क्षेत्रिय इन्चार्जमा कृष्ण न्यौपाने र शारजाह क्षेत्रिय इन्चार्जमा जिवन शर्मालाईर् छानिएको छ । त्यसैगरि सल्लाहकार समितिलाई पुर्णता दिदै सल्लाहकारहरुमा पुरुषोत्तम पाण्डे, पुर्णचन्द्र डुम्रे, भुपराज वस्याल र मिलन गुरुङलाई मनोनयन गरिएको छ ।
नेपाली समुदायका विभिन्न चाडहरुमा सांस्कृतिक कार्यक्रम गर्ने निर्णय गर्दैै बैठकले दिपावलीको अवसर पारेर विभिन्न क्षेत्रहरुसंग समन्वय गरी देउसी भैलो खेल्न पनि निर्णय गरेको कुरा संस्थाका प्रवक्ता लेखनाथ न्यौपानेले बताउनुभयो ।
Post a Comment