श्रीकृष्ण सिग्देल
वालिङ्-१६ असोज

वालिङ्-१६ असोज

स्याङ्जाका यातायात व्यवसायीहरु -आईचर) मिनि बसबाट मर्कामा परेको गुनासो गरेका छन् । अटो वोइज प्रा.लि. पोखराबाट बिक्रि भईरहेका -आईचर) मिनि बसले व्यवसायीलाई दिएको सर्त अनुसार काम नगरेको भन्दै उनीहरुले गुनासो गरेका हुन् । अटो वोईजले सवारी खरिद गर्दा हरेक पाटपुर्जाको तिन बर्ष ग्यारेष्टी दिएपनि ति पाटपुर्जाले एक महिनामै काम नगर्दा उनीहरु मर्कामा परेको गुनासो राखेका हुन् ।
करिव २३ लाख देखि २५ लाख सम्म खरिद गरेर व्यवसाय संचालनका लागि खरिद गरिएका सवारी साधनले एक महिनामै इन्जिन, क्राउन र ग्यरबक्समा समस्या आउन थालेपछि मर्कामा परेको वालिङ् हुवास यातायात व्यवसायी समितिका अध्यक्ष परविन गुरुङ्ले बताए । गाडी खरिद गरेको एक महिनामै महङ्गो सामाग्री बिग्रने गरेकाले हामीलाई प्रा.लि.ले ठगी गर्यो अध्यक्ष गुरुङ्ले
भने ग्यारेष्टी र वारेष्टी भन्दै बिक्रि गर्ने अनि दिएको समय भित्र गाडी बिग्रदा उल्टै मर्मतको पैसा लिने यसले हामी व्यवसायीलाई मर्कामा पार्यो ।
आईचर नामक कम्पनीका मिनि बस, ट्रक र ट्याक्टर गरी स्याङ्जामा तिन दर्जन सवारी रहेको व्यवसायीहरु बताउछन् । आइचर कम्पनीका सावारी साधनको प्रयोग गरी व्यवसाय संचालन गरेका व्यवसायीहरु पटक पटक धोका दिने गरेकाले समस्यामा पारेको गुनासो गर्दै आएका छन् । यस बिषयमा प्रा.लि.का प्रमुख नारायण पौडेललाई टेलिफोनमा कुराकानी गर्दा हामीले व्यवसायीलाई त्यस्तो समस्या नदिएको बताए । हरेक सामाग्रीको ग्यारेष्टी दिएका छौ पौडेलले भने सोही बमोजिम व्यवसायीलाई सेवा दिएको दावी गरे ।
कम्पनी र व्यवसायी बिच अहिले दोहोरी चलेको छ । व्यवसायीले अटो वोइवा प्रा.लि.ले बताएको कुरामा सहमत भएका छैनन् । यस बिषयमा कम्पनीले व्यवसायीको चित्त नबुझाएमा स्याङ्जामा यो कम्पनीका साधनहरुमा रोक लगाउने समेत धम्की दिएका छन् ।
Post a Comment