Header Ads

Recently Updated :
Home » » स्याङ्गजा सहयोग समाज कतार को दोस्रो अर्धवाषिर्क भेला सम्पन्न

स्याङ्गजा सहयोग समाज कतार को दोस्रो अर्धवाषिर्क भेला सम्पन्न

Posted By संकल्प on Monday, September 30, 2013 | 6:33 AM

जिवन डोटेल, दोहा

२७ सेप्टेम्वर २०१३ का दिन स्याङ्गजा सहयोग समाज दोहा कतारको २०११-२०१३ कार्य समिति अन्तरगतको दोस्रो अर्धवाषिर्क भेला सनैया स्थित गि्रन रेस्टुरेन्टको एक सभाहलमा  भब्यताका साथ सम्पन्न गरेको छ ।

संस्थाका अध्यक्ष टुकराज अर्याल को सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमका प्रमुख अतिथि स्या.स.स कतार का निवर्तमान अध्यक्ष तथा वर्तमान संरक्षक गुरुनारायण रानाभाट रहनुभएको थियो । भने अतिथिहरुमा स्या.स.स संस्थापक सचिव कमल न्यौपाने, स्या.स.स संस्थापक सदस्य भेषराज पराजुली, निवर्तमान सह-सचिव धनश्याम पराजुली, सहयोगी बुद्धी प्र भण्डारी, लगायत विभिन्न इकाई तथा विभागिए प्रमुख तथा प्रतिनिधिहरु रहेका थिए । उक्त कार्यक्रमका विषेश सम्मानित ब्याक्तिहरुमा स्या.स.स कतार का द्धितिय उपाध्यक्ष तथा एनआरएनए एनसिसि कतार का पश्चिमाञ्चल सदस्य गोप सुनार र स्या.स.स केन्द्रीय सदस्य तथा एनआरएनए एनसिसि कतार का दलित प्रतिनिधी चोलाकान्त विक रहनु भएको थियो । कार्यक्रममा कतारमा कार्यरत स्याङ्गजावासी हरुको उत्साहाजनक उपस्थिती रहेको थियो ।
दीप प्रज्वलन बाट उत्घाटन गरीएको उक्त कार्यक्रम संस्थाका प्रथम उपाध्यक्ष रामु वस्याल को मन्तब्य तथा स्या.स.स नवप्रतिभा संस्कृर्तिक विभागको मिठो र आकर्षक गित बाट उपस्थित सबैलाई स्वागत गरियको थियो । भने रापाकोट इकाई का अध्यक्ष नारायण प्र काˆले , विचारी चौतारी इकाई का अध्यक्ष बम बा कार्की ,थुम पोखरा इकाई प्रतिनिधी हरि लुइटेल लगायतले आˆनो शुभ कामना मन्तब्य राख्नु भएको थियो ।

कार्यक्रममा संस्थाको सांगठानीक प्रतिवेदन सचिव हुमनाथ गैह्रे ले, र  कोषको आर्थीक प्रतिवेदन कोषाध्यक्ष यम प्र श्रेष्ठले प्रस्तुत गर्नु भएको  थियो । साथै सदस्यता सम्बन्धी जानकारी सदस्यता वितरण संयोजक बेद पाठक र २०७० को भित्ते पात्रोको विवरण सम्वन्धी जानकारी भित्ते पात्रो प्रकाशन संयोजक दिल गोदार ले प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रममा स्या.स.स कतारका द्धितिय उपाध्यक्ष गोप सुनुवार हालै सम्पन्न एनआरएनए एनसिसि कतार को पााचौ महाधिवेशन बाट पश्चिमान्चल विकाश क्षेत्र क्षेत्रिय सदस्य मा र स्या.स.स कतार का केन्द्रीय सदस्य चोला कान्त विक एनआरएनए एनसिसि कतार को दलीत प्रतिनिधि को रुपमा निर्वाचित हुनु भएकोमा बधाई ज्ञापन गर्दै दोसल्ला ओडाइ सम्मान गरिएको थियो ।

संस्थाका सचिव हुम नाथ गैह्रे द्धारा संचालन गरीएको उक्त  कार्यक्रममा बोल्दै संस्थापक सदस्य भेषराज पराजुली, सहयोगी वुद्धी प्र भण्डारी ,सञ्चार कर्मी अजिज अली, सम्मानीत दोय गोप सुनार, चोला कान्त विक, प्रमुखअतिथी गुरु नारायण रानाभाट ले संस्थाले यो विदेशी भुमिमा रहेर विभिन्न कारण बाट दुख पाएका पिडित साथिहरुको घाउलाई निको पार्ने मलम पट्टी बन्न गरेका विभिन्न कृयाकलाहरु लाई खुलेर प्रशंसा    गर्दै, संस्था लाई अझ अग्रस्थानमा लानको लागी यस संस्थाको मुल मर्म लाई आत्म साथ गर्दै सम्पुर्ण स्याङ्गजाली एक भएर लाग्नु पर्नेमा जोड दिनु भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि राना भाट ले अब को  केहि महिना पछि यस कार्य समितिको पदावली सकिने भयको हुदा नयाा कार्यसमितिको लागी जुजारु समाज सेवी मनहरुले समितिमा बसेर उत्कृष्ट काम गर्ने सोच बनाउदै गर्नको लागी पनि सबैलाई आग्रह गर्नुभएको थियो ।
अन्तमा सभापतिको आसन बाट बोल्दै अध्यक्ष अर्यालले कार्यक्रममा उपस्थित भई कार्यक्रम सफल पार्नुहुने सबै लाई धन्यवाद ज्ञापन गर्दै संस्थाले गर्दै आइरहेका कामहरु प्रति कोहि कसैमा जिज्ञासा र असन्तुटी भएमा प्रस्ट विचार राखी सहि र गलत बाटो को पहिचान सहितको प्रतिकृया आयमा आफुसधै असाद्धधै खुसि हुने र तेस्तो बाटो लाई सच्याई हिडन तयार हुने तर आˆनो सामुआˆना गल्तीलाई नाऔल्याई  बाहिर बाहिर भ्रमात्मक कुरा फैलाई हिन्ने जो कोही संग आाफु दुखि हुने कुरा जनाउदै जति गर्नु हो तेती अझैपनी पुराहुन नसकेको कुराकको महसुस सहित सबैको राय सल्लाह र सुझाब हरु सबै आˆनो मार्गदर्शक बन्ने कुरालाई प्रस्ट पार्दै कार्यक्रमको समापन गर्नु भएको थियो ।

Share this post :

Post a Comment

 
Copyright © 2011. स्याङ्जा सहयोग समाज - All Rights Reserved
Template Bloggerised by: Smritirogi