लक्ष्मण खनाल, युएई

स्याङ्गजा जिल्ला बानेथोक देउराली गाविस घर भइ युएईमा कार्यरत हरुको संस्था स्याङ्गजा बानेथोक देउराली सेवा समाज युएईले हिन्दु नारीहरुको महान पर्व हरितालिका तिजको अवसरमा दर खाने कार्यक्रम सम्पन्न गरेको छ ।
संस्थाका अध्यक्ष केशरजंज अधिकारीको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा स्याङ्गजा सहायोग समाजका संस्थापक अध्यक्ष तथा एनआरएनए एनसिसि युएईका अध्यक्ष चन्द्र रोकाहा को प्रमुख आतिथ्यता रहेको थियो भने विषेश अतिथिमा एनआरएनए एनसिसि यूएइ महिला संयोजक अचैना बस्नेत रोकाहा, स्याङ्गजा सहयोग समाजका बुद्धिजिवि विभाग संयोजक एकेन्द्र थापा, महासचिव लक्ष्मण खनाल , अवुधावी क्षेत्रिय अध्यक्ष टेकलाल खनाल, शारजाह क्षेत्रिय अध्यक्ष जिवन शर्मा लगायत युएईमा कार्यरत बानेथोक देउराली गाविसका दाजुभाइ तथा दिदि बहिनीहरुको बाक्लो उपस्थिति रहेको थियो ।
कार्यक्रम मा बोल्दै प्रमुख अतिथि ले रोकाहाले हिजोको दिनको स्मरण गर्दै युएइमा स्याङ्गजा बासीहरुको बलियो संस्थाको आवश्यकता महशुस गर्दै संस्थ्ापन गरिएको स्याङ्गजा सहयोग समाज युएईको अभियान महान रहेको र आज स्याङ्गजा जिल्लाबाट आएर यहा कार्यरत धेरै गाविसका संस्था खुल्नु आफैमा उत्साही कार्य भएको भन्दै जिल्लाको सर्बाङ्गीण विकासको लागि स्याङ्गजा सहायोग समाजमा आबद्ध भएर विभिन्न अभियानहरुमा सहकार्य आग्रह गरेका थिए त्यसैगरि बक्ता हरु एनआरएनए एनसिसि यूएइ महिला संयोजक अचैना बस्नेत रोकाहा, स्याङ्गजा सहयोग समाजका बुद्धिजिवि विभाग संयोजक एकेन्द्र थापा, महासचिव लक्ष्मण खनाल , अवुधावी क्षेत्रिय अध्यक्ष टेकलाल खनाल, शारजाह क्षेत्रिय अध्यक्ष जिवन शर्मा लगायत ले तिजको शुभकामना दिएका थिए ।
सभापति अधिकारीले आफ्नो संस्थाको परिचय दिदै आफ्नो गाविसबाट यहाा कार्यरतहरुको आंकडा संकलन कार्यभइरहेको जानकारी दिदै आफुहरु स्याङ्गजा सहयोग समाजको हर कार्यमा हातेमालो गदै जाने बचनबद्धता व्यक्त गर्नुभएको थियो ।
दर खाने कार्यक्रम अन्र्तगत दही केराको मिश्रण, नेपाली सेल रोटि ले नेपालीपनको झल्को दिएको थियो ।
Post a Comment