श्रीकृष्ण सिग्देल
वालिङ्-२ असोज

वालिङ्-२ असोज

कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंकले सर्वसाधारणको लागि रु.२ करोड रुपैयाको २ लाख कित्ता साधारण शेयर विहिबार देखि निश्काशन हुने जानकारी दिएको छ । बैंकले असोज ३ गते दखि ७ गते सम्मका लागि २ लाख कित्ता शेयर निष्काशन तथा खुल्ला गरेको जनाएको हो ।
तिन बर्ष अगाडी देखि स्याङ्जाको वालिङ्मा प्रधान कार्यालय संचालन गरी कारोवार शुरु गर्दै आएको थियो । ग्रामिण क्षेत्रमा प्रधान कार्यालय संद्धालन गरी बैंकले छोटो समयमा मुनाफा कमाउन सफल भएको छ । नेपाल राष्ट्र बैंकको नीति अनुरुप बैंक संचालन भएको तिन बर्ष सम्ममा पव्लिक शेयर खुल्ला गर्नु पर्ने उल्लेख भए अनुसार बैंकले सर्वसाधराणका लागि शेयर खुल्ला गरेको हो ।
बैंकले शेयर खरिद गर्न आफ्ना सबै शाखाहरु र गरिमा विकास बैंक, मुक्तिनाथ विकास बैंक, गण्डकी विकास बैंक, एनएमवि बैंकका शाखाहरु गरी ५८ ओटा संकलन केन्द्रहरु रहेको बैंकका कार्यकारी निर्देशक तेजेन्द्र शर्मा लम्सालले जानकारी दिए । अधिकतम ५,००० कित्ता र न्युनतम २० कित्ता शेयरको लागि आवेदन गर्न सकिने कार्यकारी निर्देशक लम्सालले बताए ।
बैंकले तीन वर्षको अवधिमा स्याङजाको वालिङ, मालुंगा र चापाकोट, पाल्पाको रामपुर, माडी र खस्यौल्ाीको हारथोक, नवलपरासीको चोरमारा र भुताह, पर्वतको कुश्मा, हुवास र कार्किनेटा र कास्कीको पोखरा गरी १२ शाखा सञ्चालन गरेको बैंकका अध्यक्ष चन्द्रवहादुर बस्नेतले बताए ।
कारोवारको पहिलो वर्षमा २ लाख, दोश्रो वर्षमा १८ लाख र गत आ.व.मा ७४ लाख सञ्चालन मुनाफा गर्न सफल भएको बैंकले आगामी वर्षहरुमा क्रमशः १ करोड ६६ लाख,२ करोड ३१ ल्ााख, ३ करोड सञ्चालन मुनाफा हुने लक्ष र यस आ.व.मा रु.१५.७२ पैसा प्रति शेयर आम्दानी गरेको बैंकले आगामी वर्षहरुमा क्रकशः २१ रुपैया, २९ रुपैया र ३८ रुपैया हुने ल्ाक्षलाई आहृवानपत्रमा उल्लेख गरेकोमा सोको अध्ययन गरेर लगानीकर्ताहरुले शेयर खरिद गर्नुपर्ने बैंकका कार्यकारी निर्देशक लम्सालले बताए । स्याङ्जा लगायत अन्य चार जिल्लाका ग्रामिण क्षेत्रका न्युन आय भएका महिलाहरुलाई समुहमा गोलबन्द गरी बिना धितो कर्जा लगानी गर्दै आएको छ । जसले गर्दा ग्रामिण क्षेत्रका महिलाहरुमा आर्थिक विकासमा सवल बनाउने काम गरेको छ ।
Post a Comment