Header Ads

Recently Updated :
Home » » एनआरएन गल्फ सह-संयोजकमा पूर्ण केसीको उम्मेदवारी

एनआरएन गल्फ सह-संयोजकमा पूर्ण केसीको उम्मेदवारी

Posted By Krishna parajuli(Ghanashyam) on Sunday, September 22, 2013 | 7:16 AM


purna-k-cघनस्याम पराजुली (कृष्ण) ,दोहा- गैर आवासिय नेपाली संघको छैठौँ विश्व सम्मेलन नजिकिंदै गर्दा अगामी कार्यकालको लागि मध्यपुर्व सह-संयोजकमा कतारबाट पूर्ण केसीले उम्मेदवार घोषणा गरेका छन । सन् २००५ मा पार्षद सदस्यता लिई गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषदकतारको सन् २००९ देखि २०११ सम्मको कार्यकालमा कोषाध्यक्षको अनुभव साथै मध्यपुर्वमा १५ बर्ष भन्दा लामो अनुभव गैर आवासीय नेपाली संघको अभियानका लागी उपयोगी हुने आत्मविश्वासका साथ उम्मेदवारि दिएको र यो पदको भुमिका र जिम्मेवारी बहनका लागी तयार रहेको केसीले बताएका छन ।
नेतृत्व र कार्यशैली जुनसुकै भएपनि मध्यपुर्वका आम नेपालीजनको खुसी, सुख, प्रगति र स्तरोन्नति हामी सवैको सामुहिक लक्ष्य र अभियान हुनुपर्छ र यसैमा बढि केन्दि्रत हुनुपर्छ भन्ने आदर्श मेरो मार्गदर्शक आदर्श हो साथै संस्थाको हित र मुल्यमान्यताहरूलाई आत्मसाथगर्दै यो उच्च सामाजीकअभियानमा सहभागिभई काम गरेर प्रमाणित गर्ने अवसर आफैमा एक सम्मान हो भन्ने विश्वास लिएको छु ।-उनले प्रतिबद्धतापत्रमा उललेख गरेका छन ।
नेपाली कला संस्कृति, साहित्य तथा खेलकुद जस्ता प्रत्यक्षरुपले राष्ट्रको प्रतिष्ठा अभिबृद्विसंग जोडिएका क्षेत्रमा सहभागिता बढाउन मध्यपुर्ववासीहरूलाई उत्साहित गराउँदै अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउन सक्दो सामुहिक पहलको प्रयास गर्ने साथै नेपालको पर्यटन प्रचारप्रसारको सक्रियतामा यथासक्य जोड दिन उनले जनाए । ग्ौर आवासिय नेपाली संघको छैठौँ विश्व सम्मेलन आगामी अक्टोवर १९ देखी २२ सम्म काठमाडौमा हुदै छ । यसै सम्मेलन बाट आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन हुनेछ साथै उम्मेदवारि दिने क्रम बढिरहेको छ ।

 गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद मध्यपूर्व सह-संयोजकका उम्मेदवार पूर्ण केसीको प्रतिबद्धता
आदरणिय सम्पूर्ण मध्यपुर्ववासी गैर आवासीय नेपालीदाजुभाई तथादिदीबहिनीहरू, गैर आवासीय नेपाली संघका अग्रजहरू लगायत सुचना र संचारको लागि यो दुरदराजमा क्रियाशिल रहँदै आउनुभएका समस्त पत्रकार मित्रहरूमा हार्दिक नमस्कार ।
सार्क मुलूकभन्दा वाहिर प्रवासमा बसोवास गर्ने ३० लाखभन्दा बढी नेपालीजनको भरोसा, प्रेरणा र मातृभुमि नेपालप्रतिका प्रतिबद्वताको केन्द्रविन्दुका रुपमा स्थापित साझा सामाजिक संस्था गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको आसन्न छैटौ राष्ट्रिय महाधिवेशन -२०१३-२०१५) को लागिनयाँ नेतृत्वचयनको प्रक्रिया अगाडि बढिरहेको पृष्ठभुमिमा मेरो मध्यपुर्व बसाइको १५ बर्षभन्दालामो अनुभवबाट आत्मप्रेरित भई यहाँहरू समक्ष गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको मध्यपुर्व सह-संयोजकमा उम्मेदवारीको उद्घोष तथा प्रतिबद्धता निवेदन गर्न चाहन्छु ।
गैर आवासीय नेपाली संघको स्थापना कालदेखि नै सक्रिय हँुदै सन् २००५ मा पार्षद सदस्यतालिई गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषदकतारको सन् २००९ देखि २०११ सम्मको कार्यकालमा कोषाध्यक्षको अनुभवको अवसर पाएको थिएँजसले यस संस्थाको उद्देश्य प्राप्तिका लागि हरसम्भव योगदान पुर्‍याउनमलाई प्रेरणा दिँदै आएको छ र यथासम्भव क्रियाशिल रहिआएको स्मरण गराउन चाहन्छु ।
रोजगारीको सिलसिलामा मध्यपुर्वका बहराइन, ओमन, दुबई, इरान, कतार लगायतका देशहरूमा कार्यरत रहँदै गर्दा दर्जनौं विभिन्न सामाजिक संघसस्थाहरुको अनुभवसगै आम नेपालीजनको दुखसुख र यी अनुभवले ब्यक्ति, परिवार, समाज र अन्ततः देशको बर्तमान र भविश्यमा पार्ने प्रभावको वारेमा जान्नेबुझ्ने अवसर पाएकोमा कृतज्ञ छु । मेरो यहि अनुभव गैर आवासीय नेपाली संघको अभियानका लागि उपयोगी हुने आत्मविश्वासका साथमध्यपुर्व सह-संयोजकको भुमिका र जिम्मेवारी बहनका लागि तयार हुँदै साथ-सहयोग तथा समर्थनको अपेक्षा राखेको हुँ । यहाँहरुको अमुल्य सहयोग, सल्लाह, सुझाव र सद्भावले मध्यपुर्वमाकार्यरत आम नेपालीजनको पक्षमाक्रियाशिल रहि संस्थाको हित र मुल्यमान्यताहरूलाई आत्मसाथगर्दै यो उच्च सामाजीक अभियानमा सहभागिभई काम गरेर प्रमाणित गर्ने अवसर आफैमा एक सम्मान हो भन्ने विश्वास लिएको छु ।
विश्वभर बलियो सञ्जालका रुपमा विस्तारित गैर आवासीय नेपाली संघको उद्देश्य प्राप्तिका लागि मेरो उम्मेदवारी उपयुक्तमहशुस गरी सार्थक विन्दुमा पुर्‍याउन यहाँहरुको मत र सहभागिताको अपरिहार्यता रहनेछ । यसर्थ हरेक तह र तप्काका सम्पुर्ण गैर आवासीय नेपालीको हित र प्रगतीको पक्षमा विशुद्ध सामाजिकभावनाले अगाडि बढ्ने विश्वासलाई सफलबनाउने यहाँहरूको निर्णय मेरा लागि प्रेरणाश्रोत हुनेछ । गैर आवासीय नेपाली संघले स्थापना कालदेखि लिएका लक्ष्यलाई साकार पार्न संर्घषरत रहनेछु ।
नेतृत्व र कार्यशैली जुनसुकै भएपनि मध्यपुर्वका आम नेपालीजनको खुसी, सुख, प्रगति र स्तरोन्नतिहामी सवैको सामुहिकलक्ष्य र अभियान हुनुपर्छ र यसैमा बढि केन्दि्रत हुनुपर्छ भन्ने आदर्श मेरो मार्गदर्शक आदर्श हो । विश्वभरिका नेपालीका विषय र आवाजको महत्वलाई पनि समानान्तररूपले उच्चमहत्वमै राख्दै हामी मध्यपुर्वी क्षेत्रका नेपालीका सुखदुखको सुक्ष्म अध्ययन-मनन गरी विद्यमान समस्याहरूको सहि पहिचान र सहि समाधानका निम्ति सत्प्रयासरत रहनेछु । वैदेशिक रोजगारीलाई मर्यादित, ब्यबस्थित र समस्यारहित बनाई यहाँको श्रम, सिप र क्षमतालाई स्वदेशमा सृजनात्मक लगानीगर्न सक्ने उपयुक्त वातावरण तय गराउन गैर आवासीय नेपाली संघमार्फत पहलगर्नेछु ।
नेपाली कला संस्कृति, साहित्यतथा खेलकुद जस्ता प्रत्यक्षरुपले राष्ट्रको प्रतिष्ठा अभिबृद्विसंग जोडिएका क्षेत्रमा सहभागिता बढाउन मध्यपुर्ववासीहरूलाई उत्साहित गराउँदै अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउन सक्दो सामुहिक पहलको प्रयास गर्नेमा म प्रतिबद्व छु । गैर आवासीय नेपालीजनको आर्थिक उपलब्धिहाम्रो सफलतासंग जोडिएको विषयहो र यसमाउचितध्यान जानुपर्छ । मातृभुमिप्रतिको दायीत्वबोधले हामीलाई थप जिम्मेवार र प्रतिबद्व बनाउँछ । यसकालागि धेरै कामगर्नुपर्ने देखिन्छ । नेपालको पर्यटन प्रचारप्रसारको सक्रियतामा यथासक्य जोड दिन गैर आवासीय नेपाली संघमा मेरो पहलहुनेछ ।
आम गैर आवासीय नेपालीहरुका समस्या भुगोल र बस्तुस्थिति अनुसार फरक छन् । गैर आवासीय नेपाली संघले मध्यपुर्ववासीहरुको हितलाई अझै बढि जोड दिओस् भन्ने हाम्रो चाहनालाई मुलएजेन्डा मानेर मन, बचन र कर्मले आफ्नो जिम्मेवारी बहनगर्नेछु ।
मेरो उम्मेदवारीका आधार यिनै हुन् । काम गर्ने प्रयास नै मुख्यआधार हो । चुनावी नाराका रुपमा अप्राप्य र अस्वभाविक प्रतिबद्वता ब्यक्तगर्ने र कामभन्दा कुरा बढि गर्ने परिपाटी निरुत्साहित होस् भन्ने पनि मेरो चाहनाहो । यहाँहरुको सल्लाह, सुझाव, सद्भाव, साथ-सहयोग, समर्थन तथा मार्गदर्शनलाई आत्मसातगर्दै अगाडि बढ्ने प्रतिबद्धतासहित गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदमध्यपुर्व सह-संयोजकमा मेरो उम्मेदवारीलाई सफल बनाइदिनुहुन हार्दिक आहृवान गर्दछु । काठमाण्डौँमा हुनगईरहेको विश्व सम्मेलनमा यहाँहरूको गरिमामय उपस्थितिकालागि निवेदन गर्दै सम्पुर्ण गैर आवासीय नेपालीजनलाई स्वागत तथा हार्दिक शुभकामना ब्यक्तगर्दछु ।
धन्यबाद
पुर्ण केसी
उम्मेदवार- मध्यपुर्व सहसंयोजक
गैर आवासीय नेपाली संघ,अन्तर्राष्ट्रिय समन्वय परिषद ।
Share this post :

Post a Comment

 
Copyright © 2011. स्याङ्जा सहयोग समाज - All Rights Reserved
Template Bloggerised by: Smritirogi