लक्ष्मण खनाल, युएई
स्याङ्गजा जील्लाको श्रीकृष्णगण्डकी गाविसमा घर भइ युएइमा कार्यरतहरुको संस्था श्रीकृष्ण गण्डकी सहयोग समाज युएइले दशै तिहार शुभकामना कार्यक्रम सहित बनभोज कार्यक्रम सम्पन्न गरेको छ ।
दुबईस्थित जाविल पार्कमा आयोजना गरिएको उक्त कार्यक्रम दुइ चरणमा सम्पन्न गरिएको थियो। पहिलो चरणमा औपचारिक कार्यक्रम गरिएको थियो जसको सभापतित्व समाजका अध्यक्ष कृष्ण न्यौपानेले गर्नुभएको थियो भने अतिथिहरुमा नेपाल पत्रकार महासंघका उपाध्यक्ष भुपराज वस्याल, सदस्य गितामणी पाण्डे, स्याङ्गजा सहयोग समाजका अध्यक्ष राजु पाण्डे, सचिवहरु राम बहादुर थापा र ऋषि बस्याल, सल्लाहकार भुपति न्यौपाने लगायत अन्य संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
एकेन्द्र थापाको सञ्चालन र लेखनाथ न्यौपानेको स्वागत मन्तव्य बाट सुरु भएको उक्त कार्यक्रममा बक्ताहरुले प्रवासको बसाई स्वदेश प्रतिको माया र नेपाली परम्परा र संस्कृतिको जर्गेना गर्नुपर्ने कुरा व्यक्त गरेका थिए साथै बक्ता हरुले दशै तिहारको शुभकामना सहित बैदेशिक रोजगारीमा हुने समस्याहरुको समाधानमा लाग्न एक हुनपर्ने कुर पनि व्यक्त गरेका थिए ।
दोस्रो चरण अन्र्ततग बनभोज कार्यक्रम आयोजना गरिएको थियो जसमा दशै तिहार स्पेशल नेपाली परिकारहरु सेल रोटी, स्याङ्गजाको झल्को दिने चुकौनी लगायतले उपस्थितलाई स्वदेशको झल्को दिएको थियो भने उपस्थित महिला र पुरुषहरुको कौरा दोहरी र नृत्यले कार्यक्रमलाई आझै रोमाञ्चक बनाएको थियो ।
स्थापनाको छोटो समयमा आफ्ना गाविस बाट युएइका कार्यरतहरु धेरै व्यक्तीलाई सम्पर्कमा ल्याउन सफल उक्त संस्थाले निकट भविष्यमानै युएइमा कार्यरत श्रकिृष्ण गण्डकी गाविस वासीहरुको आाकडा तयार गर्ने कुरा संस्थाका सचिव शंकर न्यौपानेले बताएका छन।
Post a Comment