
विर्घा स्याङ्गजा सहयोग समाज युएईले आफ्नो स्थापनाको प्रथम बाषिर्क उत्सव दुबई स्थित क्रिक पार्कमा विभिन्न कार्यक्रम सहित मनाएको छ ।
संस्थाका अध्यक्ष सुर्य पाण्डेको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रको प्रमुख अतिथि स्याङ्गजा सहयोग समाज युएईका संस्थापक अध्यक्ष तथा एनआरएनए आइसिसि मध्यपुर्व संयोजक चन्द्र रोकाहा रहेका थिए । अतिथिहरुमा नेपाल पत्रकार महासंघ युएईका उपाध्यक्ष भुपराज वस्याल, स्याङ्गजा सहयोग समाज अध्यक्ष राजु पाण्डे, बरिष्ठ उपाध्यक्ष कृष्ण न्यौपाने, सदस्य खगेन्द्र गैरे, सदस्य शंकर न्यौपाने, जनप्रगतिशिल मञ्चका अध्यक्ष हेमन्त पौडेल लगायत विर्घा स्याङ्गजा सहयोग समाजका सल्लाहकारहरु लक्ष्मण थापा र कृष्ण कुमार पाण्डे रहेका थिए । समाजका सचिव प्रेम थापाको सञ्चालनबाट सुरु भएको कार्यक्रममा संस्थाको बाषिर्क आय व्यय विवरण संस्थाका कोषाध्यक्ष धुव्रराज पाण्डेले प्रस्तुत गरेका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि रोकाहाले विगत को स्मरण गराउदै स्याङ्गजा सहयोग समाज युएई स्थापना देखी लिएर अहिले गाविस स्तरिय समाज निर्माण सम्म आई पुग्दा प्रवासमा रहेको प्रवासी साथीहरुमा आफ्नो देश जिल्ला र गााउ को विकासका लागि आधारभुत रुपमा सुरु भएको बताउदै समाजिक क्रृयाकलापले समाज राष्ट्र र व्यक्तिको व्यक्तित्वमा विकास पुर्याउने कुरा बताए ।
सभापतिको मन्तव्य राख्दै समाजका अध्यक्ष सुर्य पाण्डेले एकबर्षको कार्यकालका समाज
ले गरेका सामाजिक क्रृयाकलापहरुको जानकारी दिदै विर्घा गाविसमा रहेका ११ वटा विद्यालयहरुलाई प्रत्येकमा एघार हजार एकसय एघार रुपैयाको अक्षयकोष स्थापना गर्नै र बाषिर्क रुपमा त्यसको आयलाई गरिब, असहाय, जेहेन्दार, दलित विधार्थीलाई छात्रबृत्ति स्वरुप प्रदान गरिने घोषणा गरेका थिए । सो एकमुष्ट रकम नेपाली रुपैया एकलाख बाइसहजार दुइसय एकाइस रुपैया समाजका सचिव प्रेम थापा केहीदिन भित्रमा नेपाल गएर विद्यालयमा प्रदान गर्ने कार्यक्रम रहेको पनि जानकारी गराएका थिए । विद्यालयहरुमा सुर्य ज्योती प्रा. वि. खहरे, सृर्जना प्रा. वि. बनकसिडााडा, जनता मा. वि. अर्चले, वालज्योती वालविकास शिशु गहलाम , चन्द्रोदय प्रा. वि. धारापानि, दुर्गा प्रा. वि. मुड्किना, जनता प्रा. वि. कट्टी, सरस्वती प्रा. वि. भुस्टुङ, भवानी मा. वि. वैघा, बेल्लरीखान प्रा. वि. टङलेहवा र बारीचौर प्रा. वि. बारीचौर रहेका छन ।
कार्यक्रममा विभिन्न खेलहरुको साथमा नेपाली खानाका परिकारहरु सेलरोटी र चुकाऊनीले कार्यक्रम मा मौलीकता थपेको थियो ।
Post a Comment