Header Ads

Recently Updated :
Retrieving RSS feed(s)
Home » , , » स्याङ्जा सहयोग समाज कतारले मृगौला पिडितलाई सहयोग ।

स्याङ्जा सहयोग समाज कतारले मृगौला पिडितलाई सहयोग ।

Posted By Krishna parajuli(Ghanashyam) on Saturday, September 1, 2012 | 7:17 AM



घनस्याम पराजुली (कृष्ण), दोहा कतार –स्याङ्जा जिल्ला कुवाकोट गा.वि.स. बडा न.  ४ घर भएका मृगौला सम्वन्धि रोगले ग्रसित  चेतनारायण श्रेष्ठलाई स्याङ्जा सहयोग समाज दोहा कतारले रु ५५ हजार सहयोग गरेको छ । 
 श्रेष्ठ मिति २०६८–०७–२९ गतेदेखि मृगौला  रोगले ग्रसित भएको र जिन्दगी भरि मृगौला प्रत्यारोपण नगरेसम्म हप्ताको दुइ पटक डायलाईसिसको उपचार गरिरहनु पर्ने , रगत साथै मह्गो सूइ (EPO)  दिइरहनु पर्ने जसको उपचार  शुल्क मात्र एकपटकमा रु ५५०० लाग्ने नेस्नल किड्नि सेन्टरका बरिष्ट मिर्गौला विशेषज्ञ डा.ऋषि काफ्ले साथै जिल्ला स्वास्थ्य कार्यालयको जानकारि अनुरुप स्याङ्जा सहयोग समाज कतारले सस्थाका कोषध्यक्ष याम प्रसाद श्रेष्ठको संयोजकत्वमा सहयोग रकम संकलन गरेको थियो ।
 उपचारको लागि धेरै मह्गो उपचार शुल्क लागिरहेको र श्रेष्ठ अत्यन्तै नाजुक पारिवारिक स्थितीको हुनुभएकोले उपचारमा कठिनाई भएको जानकारि आए पछि ती पिडित मृगौला रोगि प्रति सहानुभुति प्रकट गर्दै कतारमा कार्यरत सहयोगि दाजुभाई तथा  दिदीबहिनीहरु बाट स्याङ्जा सहयोग समाज कतारको विशेष पहलमा रकम संकलन गरिएको थियो । 
 सहयोगको लागि संकलित रकम स्याङ्जा सहयोग समाज अन्तराष्ट्रिय समन्वय समितिका पदाधिकारिहरुको रोहवरमा पिडितलाई हस्तान्तरण गरेको  सस्थाका सदस्य प्रकास श्रेष्ठले जानकारि गराउदै उक्त मृगौला  रोगी चेतनारायण श्रेष्ठको शिघ्र स्वास्थ्य लाभको कामना सहित सहयोग गर्नुहुने सम्पुर्ण कतारमा कार्यरत सहयोगिहरु प्रति आभार प्रकट गर्नुभएको  छ । 
Share this post :

Post a Comment

 
Copyright © 2011. स्याङ्जा सहयोग समाज - All Rights Reserved
Template Bloggerised by: Smritirogi