Header Ads

Recently Updated :
Home » , » स्याङ्जा सहयोग समाज कतारद्धारा खेलाडिलाई सम्मान ।।।

स्याङ्जा सहयोग समाज कतारद्धारा खेलाडिलाई सम्मान ।।।

Posted By Krishna parajuli(Ghanashyam) on Friday, August 31, 2012 | 10:25 AM


घनस्याम पराजुली(कृष्ण) , दोहा कतार– स्याङ्जा सहयोग समाज कतारले सनैयाको ४१ मा बृहत भेला विच भलिवल खेलाडिहरुलाई सम्मान गरेको छ । 

 संस्थाका अध्यक्ष टुकराज अर्यालको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि संस्थाका प्रमुख सल्लाहकार तथा गैर आवासिय नेपाली संघ कतारका प्रथम उपाध्यक्ष गुरुनारायण रानाभाट हुनुहुन्थ्यो ।
   स्याङ्जा सहयोग समाज कतारको खेलकुद विभाग अन्तरगतका खेलाडिहरुले ईद अल फित्रको अवसरमा पाल्पा सेवा समाज कतारले आयोजना गरेको खुल्ला भलिबल प्रतियोगितामा दोश्रो स्थान हासिल गरेका थिए ।ईदको तिन दिन सम्म खेलाईएको उक्त प्रतियोगितामा स्याङ्जाले पहिलो उद्घाटन खेल लगायत मिडम्याक , पाल्पा सेवा समाज “क”,गुल्मी समाज “क”, मगर समाज र फाइनलमा तमु समाज गरि पाँच खेल खेलेको थियो ।
   
  सस्थाका सचिव हुमनाथ गैहे्रले संचालन गरेको कार्यक्रममा  द्धितिय उपाध्यक्ष गोप सुनारले कार्यक्रममा उपस्थित सबैलाई स्वागत गर्नुभएको थियो भने ईकाईको तर्फबाट नारायण प्रसाद काफ्ले ,खेलकुद विभागको तर्फबाट संयोजक भवि गुरुङ्गले खेलाडिलाई बधाई  दिदै शुभकामना मन्तव्य राख्नुभएको थियो ।संस्थाका प्रथम उपाध्यक्ष रामु बस्यालले विगत लामो समय देखि खेलकुद क्षेत्रमा अग्रणि भूमिका खेलिरहेका खेलाडिहरुलाई बधाई दिदै भविश्यमा  यस्तै सक्रियता निरन्तर रहनु पर्ने साथै एकजुट भई स्याङ्गजाका सम्पुर्ण खेलाडिहरुलाई समेटि एक राष्ट्रिय टिमको रुपमा स्याङ्जाका खेलाडिलाई स्थापित गर्नुपर्ने जनाउनु भयो । 
    कार्यक्रममा छोटो परिचायत्मक सहित सभापति , प्रमुख अतिथि लगाएत उपस्थित सवैले  खेलाडिलाई खादा ओडाई बधाई पत्रले  सम्मान गरेका थिए । प्रमुख अतिथिको आशनबाट  रानाभाटले विगतका तिता मिठा अनुभव पस्कदै खेलाडि तथा खेलकुद विभागका सम्पुर्ण टिमलाई बधाई दिनुभएको थियो साथै भोलीका दिनमा यो टिमले स्याङ्जाबाट आई विभिन्न क्षेत्रमा कार्यरत रहेका खेलाडिहरुलाई समेटि अघाडि बढ्ने अपेक्षा गर्नु भएको थियो । 
  कार्यक्रमको समापन गर्दै सभापति अर्यालले कार्यक्रममा सहयोग गर्ने सम्पुर्णलाई धन्यवाद दिदै खेलाडिहरुलाई बधाई तथा शुभकामना दिनु भएको थियो। अध्यक्षले भोलीका दिनमा स्याङ्गजा सहयोग समाज कतारले पनि विभिन्न  खेलकुद प्रतियोगिताको आयोजना गर्ने र स्याङ्जाको टिम आज कतारमा खेलेको छ तर कुनै दिन हामि राष्ट्रिय स्तर सम्म यो टिमलाई पुर्याउने छौ भन्दै यसको लागि सबैले आ–आफ्नो ठाँउबाट सबैले प्रयास गर्नुपर्ने बताउनु भयो । 
“स्याङ्जा समाज आयो है डटेर ,दिनदुखिको सेवामा खटेर”स्याङ्गजाका शिवराम ढकालले समाजका केहि गुनगान सहित गित गाएर कार्यक्रमलाई मनोरन्जन दिएका थिए । 
    स्मरण रहोस स्याङ्जा सहयोग समाज दोहा कतार बैदेशिक रोजगारको शिलशिलामा कतारमा आई विभिन्न क्षेत्रमा कार्यरत स्याङ्जावासिहरुको सक्रियतामा सामाजिक सेवा र सद्धभाव ,आपसमा भाइचाराको सम्वन्ध विकास, मानविय सहयोग र कल्याणको क्षेत्रमा योगदान पुर्याउदै आएको छ र आफ्नो उद्देश्य अनुरुप कतारमा सेवा र सहयोगका गतिविधिहरु संचालन गरि सस्थाले सामाजिक क्षेत्रमा चर्चा बटुल्दै आईरहेको छ साथै  खेलकुदको क्षेत्रमा विगतमा राम्रै स्थान रहेको र  कतारमा पहिले नै धेरै खेलहरुको विजेता बनिसकेको छ । 




Share this post :

Post a Comment

 
Copyright © 2011. स्याङ्जा सहयोग समाज - All Rights Reserved
Template Bloggerised by: Smritirogi