Header Ads

Recently Updated :
Retrieving RSS feed(s)
Home » » समुदायमाझ राजनीतिको नशा -बिचार

समुदायमाझ राजनीतिको नशा -बिचार

Posted By Krishna parajuli(Ghanashyam) on Thursday, August 16, 2012 | 9:20 AM


घनश्याम पराजुली (कृष्ण) , दोहा कतार 
रोजगारिको शिलशिलामा आई कार्यरत नेपालीहरुको संख्या ४ लाख भन्दा बढि पुगेको खाडि मुलुक कतारमा यतिखेर सामाजिक संस्था , राजनितिक दल सँग सम्वन्धित संस्था,जातिय संस्था अनि विभिन्न संस्था गरि १२० भन्दा बढि संघ संस्था रहेको र यस्ता संस्थाहरु खोल्ने प्रक्रिया पनि नरोकिएको अवस्था छ । विशेषत कतिपय संस्था नेताहरु आउदा सकृय हुन्छन, कतिपय चाडपर्व मनाउन सकृय हुन्छन भने  औलामा गन्न सकिने संस्था छन जसले भातृत्वको विकास तथा सामाजिक र परोपकारि क्षेत्रमा अत्यन्तै जागरुक भएर लागेका छन ।
नेपालीको मुख्य गन्तव्य बनेको खाडि मुलुक कतारमा मोटो रकम तिरेर थोरै तलवमा आउने नेपालीको क्रम जस्तोसुकै पहल भएता पनि कम हुन सकेको छैन ।ठुलो सपना बोकेर कतार आएका नेपाली मध्य कतिपय राम्रै काम गरि आफ्नो दैनिकि गुजारेका छन भने कतिपय झनझन कुलतमा फस्दै नराम्रो बाटोमा लम्किरहेका छन ।गैरकानुनी रुपमा काम गर्दै आएका नेपलीहरुको यहाँ कुनै लेखाजोखा छैन । राम्रो प्रलोभन देखाई भित्रिएका पायः ठुलो सपना बोकेर आएका तथा आफुले काम गरेको कम्पनीबाट पाउनु पर्ने सेवा सुबिधा राम्रो नभएकै कारण गैरकानुनी रुपमा काम गर्न बाध्य छन ।अधिकाशं दुर्घटना  र  समस्याहरु  रोजगारदाता कम्पनी र रोजगारिमा जाने नेपाली कामदारले सामान्य विचार नपुर्याएका कारण र्सिजित हुने गरेका छन । दोषि र जिम्मेवारि जो भएपनि कतारमा कार्यरत नेपाली समुदायले आफुलाई संयम राख्नु पर्ने देखिन्छ । जस्तो सुकै समस्या समाधान तथा चुनौती पुर्ण कामका लागि  पनि पहिलो भनेको व्यक्ति हो र व्यक्ति परिवर्तन हुनु जरुरी छ । 
कतारमा सामाजिक भावना नभएका व्यक्तिहरु राम्रो टेवलको वरिपरि बसि जति ठुला कुरा गरेपनि काम भने देखिएको छैन । हरेक समाजले अरुलाई दोश लगाउनु भन्दा मैले के गरे भनि सोच्नुपर्छ तर अहिलेको स्थितिमा त्यसको विपरित हुदै गएको छ । सामाजिक काममा सफल हुन नसकेपछि अर्को पाटो राजनिति क्षेत्रमा लाग्ने , कहिले समाजमा अगुवा हुने कैले राजनितिमा लाटो देशको गाडो तन्नेरी भने झै ,जसले जहाँ जे बोल्दा पनि केहि फरक परेको छैन , आज एउटा संस्था खोल्यो केहि दिन हाउभाउका साथ काम गरेको बाहना बनायो , त्यहाँ भएका नराम्रो कुराको आलोचना सुरु हुन्छ फेरि अर्को नाममा संस्था खोल्यो आशन ग्रहण गर्यो , भाषण गर्यो तर कार्य भनेको हातमा लाग्यो शुन्य हुन्छ के यस्ता गतिबिधिले कतारको ति समाजबाट कसैले राम्रो  कुराको अपेक्षा गर्न सकिएला त । 
कतारमा कतिपय संघसस्थाहरु छन तिनिहरुको आदर्श र गर्ने कामको विचमा धेरैनै खाडल देखिएको छ जव सम्म कर्म र आर्दशको विचमा तालमेल हुदैन तवसम्म कतारमा सामाजिक सेवाको नाममा राजनिति गर्नेहरुको भिड लाग्दैछ भन्ने बुझ्दा राम्रो होला ।नेपालमा हुदा राम्रो व्यवहार भएका व्यक्तिहरु पनि आज कतारको विग्रदो राजनितिका कारण भाडोभैलो हुदैछन , विगतका मित्रवत व्यवहार आज दुश्मनिको रुपमा परिणत हुदै छ पक्कै पनि कतारमा केहि नेपाली समाज विच देखिएका यि मदभेदले केहि अपेक्षा गरि सहयोगको लागि समाज धाउने पिडितहरुले सहयोगको आशा नगरे पनि हुने देखिन्छ । 
कतारमा कार्यरत सम्पुर्णको जीवनका समस्याहरु निकै जटिल छन यदि यस जटिलतालाई गफ, विश्लेषण वा भाषणले त्यसको समाधान गर्ने प्रयास गरियो भने पानिको फोका जस्तै हुनेछ , समाजसेवा होस वा राजनितिक , कुनै पनि व्यक्तिको निष्ठा,त्याग र लगनशीलताले त्यसलाई एक निश्चित उचाईसम्म पुर्याउन सकिन्छ ।आज कतारमा जसरि केहि सस्थाहरुले समाजिक काम र परोपकारि क्षेत्रमा अघाडि बढेर काम गर्दै आएका छन त्यसरि नै यहाँ खोलीएका प्रत्येक संघ सस्थाहरुबाट थोरै मात्रामा भएपनि केहि राम्रा काम त्यो पनि आफ्नो ठाँउको मात्रै किननहोस  र मात्रै एउटा नेपाली समाजको पहिचान बनाउने हो भने विगतमा देखिएका समस्याहरु सजिलै हल हुन सक्छन र नेपाली नियोगबाट पनि राम्रा काममा लागेका संस्थालाई प्रेरणा दिने हो भने परोपकारि काममा लागेका संस्थाहरु सामाजिक क्रियाकलापमा अझै अघाडि बढ्ने हौसला हुने थियो । 
दुतावासमा पिडितको घुईचो पनि त्यतिनै देखिन्छ ,विभिन्न बाहाना देखाउदै सानो समस्या देखाएर दुतावास धाउनेहरुले गर्दा विभिन्न ठुलो समस्या परि आउने पिडितको समस्या समाधानमा दुतावासलाई कठिन पर्ने देखिन्छ । १२० भन्दा बढि नेपाली संघ सस्था रहेको कतारमा नेपालीहरु माझ हुने गरेका हरेक स–साना समस्यालाई आ–आफ्नो क्षेत्रबाट सहयोग पुर्याउने हो भने दुतावासमा ठुलै समस्यामा परेकाको समस्या समाधानका लागि छिटै पहल हुन सक्थ्यो । समाज सेवा तथा राजनितिक उद्घेश्यले विभिन्न नाममा संस्था  खोल्ने तर त्यहि समाज भित्रका समस्यालाई नदेख्ने हाम्रो प्रवृतिले वास्तवमै नेपाली समाजलाई सामाजिक क्षेत्रमा अघि बढ्न भन्दा गुट र उपगुट बनाई अनैतिक काममा धकेलेको महसुस हुन्छ । 
आज जसरि दुतावासको बारेमा राम्रा अनि नराम्रा प्रतिक्रिया देखिएका छन त्यसको समाधान भनेको प्रत्येक व्यक्ति र कतारमा खोलिएका संघ सस्थाले आ–आफ्नो ठाउमा देखिएका  साना तिना समस्याको समाधान गर्नु पर्ने हुन्छ नकि ज्वरो आए देखि खाना नमिठोभए सम्मका समस्या लगेर दुतावासमा बुझाउनु नै त्यसको समाधान हो ।यदि हाम्रो समाजबाट दुतावासलाई साना तिना समस्याहरु देखाई अल्झाई राखियो भने दुतावासले कतार सरकारसँग गर्नु पर्ने कुतनितिक क्रियाकलापहरुमा कसरि अघाडि बढ्न सक्ला र वास्तविक समस्याको समाधान कसरि होला त्यस विषयमा कसले सोच्ने के  समस्याको समाधान आरोप प्रत्यारोप नै हो त , के हामि संस्था खोलेर मन्चमा आशन ग्रहण मात्र गर्न सक्छौ तर समाजमा देखिएका साना तिना समस्याको हल आफै गर्न सक्दैनौ सोचौ र बोलौ जसरि आज बोल्न सजिलो भएको  छ त्यसरि नै हामि काम र समस्याको समाधान तर्फ लागियो भने समाज परिर्वतनको लागि कुनै माहाभारत रच्नु पर्ने देखिदैन । हुन त यतिखेर समाजमा देखिएको राजनितिक अस्थिरताका कारण राम्रो कुरा सुन्ने मौका कोहि कसैलाई मिलेको छैन र यो आदर्शका कुरा गर्दा अनौठो जस्तो लाग्न सक्छ तर वास्तबिक कुरा यहिनै हो हामि स्वयं आफु र आफ्नो समाज परिवर्तन गर्न सकियो भने मात्र सम्पुर्ण समस्याको समाधान हुनेछ ।

बिचार राजधानि अन्तर्राष्ट्यि साप्ताहिकबाट साभार 

Share this post :

Post a Comment

 
Copyright © 2011. स्याङ्जा सहयोग समाज - All Rights Reserved
Template Bloggerised by: Smritirogi