प्रकाश डोटेल
स्याङ्जा-१५, साउन ।
स्याङ्जाको उत्तरी भेगको विचारी चौतारा गाविस-४ स्थित अन्धाअन्धी माध्यामिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले लामो समयदेखि रिक्त शिक्षक पदपूर्ति नगरेको भन्दै विद्यालयमा अनिश्चित तालाबन्दी गरेका छन् ।
विद्यालयमा अध्यापन गराउँदै आएका विज्ञान विषयका शिक्षक शिबप्रसाद चापागाँईको २०६८ पौषदेखि सरुवा भएपछि विद्यालयमा नयाँ शिक्षक भर्ना गरेको भन्दै विद्यार्थीहरुले तालाबन्दी गरेका हुन् । लामो समयदेखि शिक्षक व्यवस्थापन गर्ने तर्फा चासो नदिएपछि विद्यार्थीहरुले तालाबन्दी गरेको बताएका छन् ।
विद्यालय व्यवस्थापन समितिले तत्काल विज्ञान विषयको शिक्षक नियुक्त नगरे हामी थप आन्दोलन गर्ने विद्यार्थी सृजना पौडेलले जानकारी दिईन् । विद्यालयका समस्या तत्काल समाधान नगरे जिल्ला शिक्षाका कार्यालय स्याङ्जामा धर्ना दिने विद्यार्थी पौडेलले बताईन् ।
विद्यालयका प्रध्यानाध्यापक हरिहर शर्माका अनुसार विद्यालयमा शिक्षक नभएको लामो समय भएको छ । यसको व्यवस्थापन गर्न सकिएको छैन् । समस्या समाधानका लागि जिल्ला शिक्षा कार्यालयमा पुग्ने शर्माले बताए ।
Post a Comment