घनश्याम पराजुली (कृष्ण),दोहा–स्याङ्गजा जिल्ला पकौदि घर भई कतारमा कार्यरत मृतक लोकनाथ खनालका परिवारलाई स्याङ्गजा सहयोग समाज कतारले रु ६५ हजार ५ सय ६५ सहयोग गरेको छ । स्टारलिङ होटलमा ६ बर्ष देखि कार्यरत खनालको गत १८ मे २०१२ का दिन मानसिक असंन्तुलनका कारण निधन भएको थियो ।
खनालको पारिवारिक स्थिति अत्यन्तै नाजुक रहेको हुनाले संस्थामा आएको अपिल अनुरुप सदस्य बद्रि पाठकको संयोजकमा कतारमा कार्यरत सहयोगिहरु बाट रकम संकलन गरिएको थियो र उक्त रकम मृतकका परिवारलाई संस्थाले हस्तान्तरण गरेको हो । मृतकका परिवार प्रति सहानुभुति प्रकट गर्दे समाजका अध्यक्ष टुकराज अर्यालले सहाराविहिन तिन छोरीहरुको उज्वल भविश्यको कामना सहित सहयोग गर्नुहुने सम्पुर्णमा आभार प्रकट गरेका थिए ।
वैदेशिक रोजगारको शिलसीलामा प्राण भन्दा प्यारो मातृभूमी र आफ्नो घर परिवारलाई छोडि दुई चार पैसा कमाएर व्यवस्थित जीवन जिउने आशामा कतारमा कार्यरत ६ जना स्याङ्गजावासिले विगत ४ महिनाको अन्तरालमा ज्यान गुमाईसकेका छन भने कैयौ र्दुघटनामा परि घाईते छन । कतारमा यसरि आकस्मिक निधन,घाईते देखि विभिन्न समस्यामा परि आउने स्याङ्गजावासिहरुका लागि स्या.स.स. कतारले विगत ७ बर्ष देखि उल्लेखनिय भुमिका निभाउँदै आएको छ साथै सस्थाले आफ्ना कार्यविधि निरन्तर अघाडि बढाउनका लागि कतारमा कार्यरत सम्पुर्ण सहयोगिहरुबाट सहयोग,सल्लाह र सुझावको अपेक्षा गरेको छ ।
Post a Comment