लोकराज भण्डारी
स्याङ्जा, २९ असार
१ सय ९९ औं भानु जयन्ती, देशभर सहित स्याङ्जामा पनि विभिन्न कार्यक्रम गरेर आदिकवि भानुभक्त आचार्यको जन्मजयन्ती मनाइएको छ । स्याङ्जा साहित्य प्रतिष्ठान तथा लक्ष्मी स्मृती सामुदायिक पुस्तकालयको आयोजनामा कार्यक्रम भएको हो । कार्यक्रममा साहित्यकारहरुले भानुका बारेमा रचना प्रस्तुत गरेका थिए । कार्यक्रममा स्याङ्जा साहित्य प्रतिष्ठानका अध्यक्ष विश्व प्रेम अधिकारी, लक्ष्मी स्मृती सामुदाकिय पुस्तकालय र रेडियो स्याङ्जाका अध्यक्ष हेमराज अर्याल, तुलसिभञ्जयाङ् गाविसका सचिव ढाल बहादुर केसी, साहित्यकार भिष्मराज ढुङ्गेल, त्रिभुवन शर्मा, लेखनाथ काफ्ले, मिलन समिर, संगीता घिमिरे, नारायण काफ्ले, टंक प्रसाद पौडेल, रामचन्द्र उपाध्याय पुणचन्द्र उपाध्याय लगाएतले मन्तव्य सहित रचना बाचन गरेका थिए । कार्यक्रममा लेखक संघ स्याङ्जाका अध्यक्ष कुमार रानाले कार्यक्रममा समिक्षा गर्नुभएको थियो । स्याङ्जा साहित्य प्रतिष्ठानका उपाध्यक्ष चिन्तु गिरीको सभापतित्वमा सम्पन्न कार्यक्रमको संचालन सचिव लिलाम्बर ढुङ्गेलले गर्नुभएको थियो । विक्रम सम्वत १८७१ असार २९ गते तनहुँको चुँदी रम्घामा जन्मनु भएका भानुभक्त आचार्यले नेपाली भाषाको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएको थियो । आदिकवि भानुभक्त आचार्य नेपालका राष्ट्रिय विभूति हुनुहुन्छ । भानुभक्तले संस्कृत भाषामा रचित रामायणलाई नेपाली भाषामा अनुबाद गर्नुभएको थियो । भाषाका माध्यमबाट नेपाललाई एकीकृत गर्नमा भानुभक्तको भूमिका उल्लेख्य मानिन्छ । आचार्यका बधुशिक्षा, प्रश्नोत्तर, भक्तमाला, लगायत कृतिहरु प्रसिद्ध छन् ।

Post a Comment