गल्याङ, २९ असार- पत्रकारहरूलाई स्वतन्त्ररूपले काम गर्न पाउने अधिकार र सुरक्षाको ग्यारेन्टी हुनुपर्नेमा जोड दिइएको छ।
स्याङ्जाको वालिङमा जिल्लामा क्रियाशील सञ्चारकर्मीहरूको क्षमता अभिवृद्धि तालिममा बोल्ने वक्ताहरूले यस्तो कुरामा जोड दिएका हुन्। पत्रकार समाजको ऐना भएको भन्दै उनीहरूले स्वतन्त्र पत्रकारिताको विकास नभएसम्म देशको विकास हुन नसक्ने धारणा राखे। क्रियाशील महिला पत्रकार सङ्घ स्याङ्जा र नेपाल प्रेस युनियन स्याङ्जाको संयुक्त आयोजना तथा वालिङ नगरपालिकाको आर्थिक सहयोगमा सञ्चालन भएको हो।
वालिङ नगरपालिकाको समाजिक र आर्थिक विकासका लागि कलम चलाउन टेवा पुग्ने उद्देश्यका साथ सो तालिमको आयोजना गरिएको जनाइएको छ। तालिमको उद्घाटन गर्दै इलाका प्रशासन कार्यालय वालिङका प्रमुख चन्द्रनाथ गौतमले सामाजिक विकासमा महिला पत्रकारहरूको भूमिका महत्त्वपूर्ण हुने भएकाले उनीहरूका लागि तालिम आवश्यक भएको बताए।
कार्यक्रममा वालिङ नगरपालिका प्रमुख युवराज अधिकारी, नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष गंगाधर पराजुली, रेडियो आँधीखोलाका अध्यक्ष ध्रुव शर्मा पंगेनी, रेडियो वालिङका अध्यक्ष जलेश्वर पाण्डे, क्रियाशील महिला पत्रकार समूह पश्चिमाञ्चल संयोजक रीता गुरुङ र नेपाल प्रेस युनियन स्याङ्जाका सभापति श्रीकृष्ण सिग्देललगायतले महिलालाई पत्रकारितामा आकषिर्त गर्न र क्षमता अभिवृद्धिका तालिम फलदायी हुने बताए। महिला पत्रकार समूह स्याङ्जाका अध्यक्ष जानु पंगेनीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन रीता पंगेनीले गरेकी थिइन्। तालिममा नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष गंगाधर पराजुली, क्रियाशील महिला पत्रकार सङ्घका पश्चिमाञ्चल संयोजक रीता गुरुङ र नेपाल पत्रकार महासङ्घ स्याङ्जाका अध्यक्ष ओमप्रकाश शर्माले प्रशिक्षण दिएका थिए। तालिममा स्याङ्जाका तीनवटा रेडियो, पत्रपत्रिकामा कार्यरत सञ्चारकर्मी र विभिन्न सञ्चार माध्यमसँग आवद्ध २५ जना पत्रकारको सहभागिता थियो।
सं� c � � �T� �� � आर्थिक विवरण जानकारी गराएको उक्त कार्यक्रममा ऋषिकेश बराल, खिमलाल अधिकारी, कृष्णबहादुर थापा र चिन्तामणि शर्मालाई खादा लगाएर सम्मान गरिएको सहसचिव भोजराज बरालले जानकारी दिए।

Post a Comment