Header Ads

Recently Updated :
Home » » मानव अधिकार तथा शान्ति समाजको अध्यक्षमा ढकाल

मानव अधिकार तथा शान्ति समाजको अध्यक्षमा ढकाल

Posted By Krishna parajuli(Ghanashyam) on Saturday, July 14, 2012 | 8:48 AM

लोकराज भण्डारी
स्याङ्जा, ३० असार ।
मानव अधिकार तथा शान्ति समाज स्याङ्जाले सातौँ अधिबेशनले डण्डापानी ढकालको सभापतित्वमा ११ सदस्सिय नयाँ कार्यसमिती गठन गरेको छ । समितीको उपसभापतिमा केशराज लम्साल, सचिवमा भवानी अधिकारी, कोषाध्यक्षमा राजकुमार श्रेष्ठ, सहसचिवमा बाबुराम सिग्देल रहनु भएको छ । समिती सदस्यहरुमा ध्रुबबन्धु पौडेल, नारायण प्रसाद काफ्ले, हिक्मत श्रेष्ठ, हरिप्रसाद अर्याल, प्रेम नेपाली र पृथ्वी पोख्रेल रहनु भएको छ । १२ औँ साधारण सभा तथा सातौ अधिबेशनमा प्रमुख जिल्ला अधिकारी कैलाशनाथ खरेलले नेपालको अन्तरीम संविधानमै मानव अधिकारका कुराहरु स्पष्ट संग लेखिएपनि राज्यबाटै यसको कार्यान्वय पुर्ण रुपमा कार्यन्वय नभएको बताउनुभयो । कार्यक्रममा केन्द्रिय बाल अधिकार संयोजक सुर्य ढकालले प्रजातन्त्रको पुर्ण रुपमा प्रयोग नभएसम्म मानव अधिकारको ग्यारेन्डि नहुने बताउनुभयो । कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सचिव कुमार राना, नेकपा एकालेका जिल्ला उपसचिव सुधिर पौडेल, रेडक्रश सोसाइटी शाखा स्याङ्जाका मन्त्रि विष्णु काफ्ले, मानव अधिकार सरोकार केन्द्रका दुर्गानारायण ढकाल, पत्रकार महासंघका सभापति ओम प्रकाश शर्मा, उद्योग बाणिज्य संघ स्याङ्जाका सहसचिव हिक्मत श्रेष्ठ नेपाल शिक्षक संघका सचिव वेद प्रसाद दोरङ्गा, शौक्षिक गणतान्त्रिक मञ्चका अध्यक्ष चिरञ्जीवी लम्साल, नेपाल शिक्षक युनियनका सदस्य पोत प्रसाद अर्याल, प्याब्सन स्याङ्जाका सचिव नारायण आचार्य, रोशनी आवाशिय उच्च मावीका प्राचार्य दिपक मरासीनी लगाएतले मन्तव्य राखेका थिए । मानव अधिकार तथा शान्ति समाजका निबर्तमान सभापति चन्द्र बहादुर केसीको सभापतित्वमा सम्पन्न कार्यक्रमको संचालन केशबराज लम्सालले गर्नुभएको थियो ।
Share this post :

Post a Comment

 
Copyright © 2011. स्याङ्जा सहयोग समाज - All Rights Reserved
Template Bloggerised by: Smritirogi