Header Ads

Recently Updated :
Home » » स्याङ्जामा फुटवल प्रशिक्षण सुरु

स्याङ्जामा फुटवल प्रशिक्षण सुरु

Posted By Krishna parajuli(Ghanashyam) on Saturday, July 14, 2012 | 8:50 AM

लोकराज भण्डारी
स्याङ्जा, ३० असार ।
ईर्नजेटिक क्लब प्रगतिनगरले ७ औं वार्षिकउत्सवको अवसरमा आजबाट १४ देखि १८ वर्षसम्मका बालबालिकाहरुको लागी फुटबल प्रशिक्षण सुरु गरेको छ । फुटबाल प्रशिक्षण कार्यक्रमको उद्घाटन समारोहमा प्रमुख जिल्ला अधिकारी कैलाशनाथ खरेलले खेलकुद मानिसको लागि महत्वपूर्ण भएकोले आगामी दिनहरुमा पनि यस्तै कार्यक्रमहरुको आयोजना गर्न सुझाव दिनुभएको थियो । उहाँले खेलकुद क्षेत्रमा परिचित स्याङ्जा जिल्लालाई सधैभरी चिनाउनु पर्ने बताउनुभयो । कार्यक्रममा विरभद्र जंग गुल्मका गुल्मपति रामहरि केसी, जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष मनिराम पौडेल, नेपाल पत्रकार महासंघका अध्यक्ष ओम प्रकाश शर्मा, जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक अर्जुन गहतराज, स्याङ्जा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष पुण्य भुषाल, स्याङ्जा बहुमुखी कम्यापसका वेद प्रसाद दोरङ्गा, सल्लाहाकार नारायण प्रसाद मरासिनि, पश्चिमाञ्चल क्याट्रिङ् व्यवसायी संघका उपाध्यक्ष भरत गोदार, संस्थाका उपाध्यक्ष मोतिप्रसाद पौडेल लागतयतले मन्तव्य राखेका थिए । मालेबगर खेल मैदानमा सुरु भएको प्रशिक्षण कार्यक्रममा ७० जना बालबालिकाको सहभागिता रहेको छ । फुटबल खेलको विकास, युवाहरुलाई कुलतबाट टाढा राख्ने उदेश्यका साथ प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको हो । उक्त प्रशिक्षण ६ महिना सम्म संचालन हुनेछ । संस्थाका अध्यक्ष निर्मल कुमार शेरचनको सभापतित्वमा भएको कार्यक्रमको संचालन संस्थाका सचिव नारयाण शर्माले गर्नुभएको थियो ।
Share this post :

Post a Comment

 
Copyright © 2011. स्याङ्जा सहयोग समाज - All Rights Reserved
Template Bloggerised by: Smritirogi