Header Ads

Recently Updated :
Home » » स्याङ्गजा सहयोग समाज युएइको नियमित बैठक सम्पन्न

स्याङ्गजा सहयोग समाज युएइको नियमित बैठक सम्पन्न

Posted By संकल्प on Saturday, July 14, 2012 | 9:54 AM

लक्ष्मण खनाल, यूएई 
स्याङ्गजा सहयोग समाज युएइको नियमित बैठक यसै संस्थाका अध्यक्ष भुपति न्यौपानेको अध्यक्षतामा शुक्रबारका दिन बर दुबइमा सम्पन्न भएको छ । 
संस्थाका महासचिव भुपराज बस्यालको सञ्चालन रहेको उक्त बैठकले प्रस्तवित तीन बुदाहरुमाथी छलफल गर्दै निर्णय गरेको छ । बैठक मा बोल्दै अध्यक्ष न्यौपानेले यस समाजले गरेका सामाजिक कार्यहरुको बर्णन गर्दै आगामी दिनहरुमा पनि त्यस्ता सामाजिक कार्यहरुलाई निरन्तरता दिने बचनबद्धता प्रकट गर्दै यसक्रममा सहयोग गर्नुहुने सबैलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो । साथै बैठकले विभिन्न सदस्यहरुलाई जिम्मेबारी पनि तोकेको छ  जस अर्न्तगत सदस्यता परिचालन संयोजक को जिम्मा नारायण शर्मालाई दिइएको छ र आउदो दुई महिना अत्याधिक मात्रामा युएइमा रहेका स्याङ्गजाबासीहरुलाई सदस्यता वितरण गर्ने योजना बनाएको छ । 

यस समाजका क्षेत्रिय समितिहरु निर्माण गर्ने अभियान अर्न्तग अलेन  क्षेत्रिय समिति निर्माणको जिम्मेवारी रमेश श्रेष्ठलाइ दिइएको र आगामी शुक्रबार समिति निर्माण गर्ने निर्णय गरेको छ । भने संस्थाका सदस्यतालाई व्यवस्थित गर्न धर्मगत पराजुलीको संयोजकत्वमा आजिवन सदस्यता संयोजन समिति निर्माण गरेको छ जसको  सदस्यहरुमा क्रमशः रमेश श्रेष्ठ , र्सर्ुय पाण्डे, नारायण शर्मा , बालकृष्ण मरासिनी , बाबुराम विश्वकर्मा र क्षेत्रिय अध्यक्षहरु पदेन सदस्य रहने व्यवस्था गरिएको छ । साथै बैठकले संस्थाको नियमित बैठक प्रत्येक महिनाको तेस्रो शुक्रबार बस्ने निर्णय गर्दै समय र स्थान आवश्यकता अनुसार तोकिने निर्णय गरिएको छ साथै बैठकमा उपस्थित संस्थाका सचिब राजु पाण्डे , कोषाध्यक्ष कृष्ण न्यौपाने लगायतले मन्तव्य राख्नु भएको थियो 
Share this post :

Post a Comment

 
Copyright © 2011. स्याङ्जा सहयोग समाज - All Rights Reserved
Template Bloggerised by: Smritirogi