लोकराज भण्डारी
स्याङ्जा, ३० असार ।
स्याङ्जा अपांग समाजले आज एक कार्यक्रमका बिच बार्षिक कार्यप्रगती विवरण सार्बजनिक गरेको छ । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कैलाशनाथ खरेलले अपांगता भएका व्याक्तिहरुले सांगले जस्तै काम गर्न सक्ने भएकोले सबैले चासो दिनुपर्ने बताउनुभयो । उहाँले अपांग समाजले समाजमा राम्रो काम गरेकोले सबैलाई सहयोग गर्न आग्रह गर्नुभएको थियो । कार्यक्रममा महिला विकास अधिकृत मिरा शेरचन, प्रहरी निरीक्षक महेन्द्र नेपाल, स्याङ्जा उच्च मावीका शिक्षक वेद प्रसाद दोरङ्गा, गाविस सचिवहरु हरीप्रसाद शर्मा, डासीराम पौडेल, विष्णु प्रसाद पोख्रेल, डाल बहादुर कुंवर, रुद्र प्रसाद पोख्रेल, पत्रकार महासंघका सभापति ओम प्रकाश शर्मा, सेतो गुँरास बाल सेवाकी सचिव टिम कुमारी कुमाल लगाएतले मन्तव्य राखेका थिए । स्याङ्जा अपांग समाजका अध्यक्ष युवाराज पराजुलीले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । समाजले आर्थिक बर्ष २०६८–६९ मा ९ वटा गाँउ विकास समितीमा सचेतना कार्यक्रम, गाविस स्तरीय अपांगता समन्वय समिती गठन, नापजाँच शिविर, पाख्रापालन, नेतृत्व विकास तालीम, अध्यान अवलोकन भ्रमण, पाच हजार स्टिकर वितरण लगाएतका कार्यक्रम सम्पन्न गरेको बताउनुभयो । समाजले भावी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिदै साहायक सामाग्री विरतण, जनचेतना मुलक कार्यक्रम सहित अन्य काम गर्ने जनाएको छ । समाजका अध्यक्ष युवराज पराजुलीको सभापतित्वमा सम्पन्न कार्यक्रमको संचालन मेघनाथ ढकालले गर्नुभएको थियो ।

Post a Comment