देशभरका पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघ अहिले ग्लोबल भएको छ। देशमात्र हैन, कतार र दक्षिण कोरिया जस्ता विदेशमा पनि यसको शाखा खुलेको छ। बिगतमा भएको पत्रकार महासंघ कतार साखाको गठनमा केही गल्ती र कमीकमजोरी रहेको देखिन्छ। पत्रकारिताको ‘प’ नजानेको, नगरेको मान्छेले पनि सदस्यता लिएको देखिन्छ। प्रतिशतका हिसावले पनि बास्तविक पत्रकारिता गर्ने वा समाचार मात्र लेख्ने पनि सम्पूर्ण सदस्यहरुमा आधाभन्दा कम रहेछन्। ति अरपत्रकार वा अलपत्रकारहरु कतैबाट बोकिएका, बोकाइएका, परिचालित, ‘निर्धृष्ट लक्ष्यका साथ मैदानमा खडा भएका आदेशउपर कार्य सम्पादन गर्ने अरौटे र भरौटे’ हुने भए। यि अरौटे र भरौटेहरुले स्वतन्त्र पत्रकारिताको धर्म निभाउनु त के पत्रकारिताको मूल मर्म पनि कायम राख्न सक्दैनन्।
बिगतमा जस्तो पत्रकारले गैरपत्रकारिता र गैरसामाजिक बिषयका कार्यक्रममा गएर मञ्चमा आशन ग्रहण गर्ने र भाषण ठोक्ने कार्यमा शख्त मनाही र कार्वाही गर्ने प्रावधान राखियोस्। यो प्रावधान किन पनि आवश्यक छ भने पत्रकारको काम मञ्चदेखि तल छुट्याइएको स्थानमा बसेर समाचार लेख्ने हो। नेतागिरी गरेर भाषणबाजी गर्ने होइन। पत्रकारले आसन ग्रहण गरेपछि समाचार कस्ले लेख्छरु
कतारमा कुनै एउटा संघसंस्थाको गठन, पुर्नगठन, बिगठन र बिभाजनले यहाँका सवैजसो संस्थामा तरङ ल्याइदिन्छ। साहित्यिक, सामाजिक, बैचारिक, राजनितिक, धार्मिक र जातिय संघसंस्थामा हुने गरेका अधिवेशनमा त झन् हरेक संस्थामा प्रत्यक्ष सुनामी आउँछ। अनि त्यहाँबाट शुरु हुन्छ हस्तक्षेप। हस्तक्षेप यस्तो हुन्छ कि केही संस्थाले नवगठन हुने संस्थामा ‘आफ्नो मान्छे’लाई पदमा पार्ने प्रपञ्च गर्छ। त्यो ‘आफ्नो मान्छे’ ‘राम्रो’ नभए पनि तिनलाई केही फरक पर्दैन तर ‘हाम्रो’ भए पुग्छ। तिनले अघि सारेको मान्छे समाजले नपचाउने वा श्रमिकले नरुचाउने भए पनि तिनलाई केही फरक पर्दैन तर त्यही मान्छे पदश्रेणीको माथिल्लो सिँढीमा पुगोस् भन्ने तिनको धृष्टता हुन्छ। यही धृष्टताले नेपाली समुदायका कैयौँ एकढिक्का भएका संस्थाहरु चिरा परेका छन्।
कुनै एउटा संस्था चिरा पर्दा विभाजन त्यो संस्था मात्रै हुँदैन। अपितु समाज विभाजन हुन्छ। समाज विभाजन भएपछि सहमति हुँदैन। सहमति नभएपछि सहकार्य हुँदैन र सहकार्य नभएपछि सही संस्कार र सही संस्कृतिको बचिबचाउ गर्न सकिँदैन।
जव नेपाली नेपालीबिचको मन विभाजन हुन्छ, जव नेपाली नेपालीबिच नेपालीपन विभाजन हुन्छ, त्यहीँबाट शुरु हुन्छ नेपाली कला, सिप, संस्कार, चालचलन र रितिरिवाजको कुरुप विभाजन। मौलिकताको यस्तो दारुण विभाजन भएपछि देशभित्र मात्रै होइन, देशबाहिर पनि फैलिन्छ गृहयुद्धको भुइँभालो। गृहयुद्धको भुइँचालो यस्तो विनासकारी हुन्छ कि त्यसले देशै भत्काउँछ। ‘इनार सुक्दै गएपछि पानीको मूल्य थाहा हुन्छ’ भनेजस्तो देशै भत्किएपछि देशको महत्व बुझ्न नखोजौँ, यसअघि नै सहअस्तित्वको सम्मान र नेपालीपनको इज्जतखातिर सोचौँ।
अहिले कतारी माहोललाई छपक्कै छोपेको छ ‘नेपाल पत्रकार महासंघ कतार साखाको अधिवेशन’ले। यहाँका केही नेपाली संघसंस्थालाई चाखलाग्दो चासो भएको छ यसको आगामि अधिवेशन। केही अर्को संस्थाका संस्थारुहरुलाई यो संस्थामा आफ्नो मान्छेलाई उकाल्ने नियत छ। स्वार्थ छ। सर्त छ। उनीहरु यही सर्त र स्वार्थका लागि नैतिकता बेचेर चलखेलमा लागेका छन्।
भोलिका दिनमा आफुलाई परेका बेला गतिलो आडा पाइएला भनेर आफु निर्देशित मान्छे राख्न केही संस्था सक्रिय भएर लागेका छन्। आफ्नो मान्छे माथिल्लो पदमा लान पाए आफ्नो ‘हाय हाय’ होला र हरेक शब्द आफ्नो गुनगानमा खर्चेला भनेर ‘शषयन्त्रकारी भुमिकामा बास्तविक अभिनय गरिरहेका छन्’ केही संस्था अहिले। साम, दाम, दण्ड, भेदका चारै निति लगाएर पकडमा राख्नलाई ति संस्था भित्री ‘ग्रान्डडिजाइन’मा लागेका छन्। च्यानल बनाएर प्यानल खडा गर्ने र त्यही प्यानललाई पदमा पुर्याउने अभिष्टका साथ मैदानमा उत्रिएका छन् केही थान मान्छेहरु। ति तिनै मान्छे हुन् जसले यहाँका ‘छँदाखाँदाका संस्था’लाई तिन चिरासम्म पारेको इतिहास छ। नेपालका कुनै राजनितिक पार्टी एक्लो ब्यक्ति भइञ्जेलसम्म फुटेजस्तै यहाँका संस्थालाई त्यही अविगतमा फुटाउने पनि तिनै मान्छे हुन्।
तिनकै सर्कलका मान्छेले तिनलाई ‘समाजका आडा’ भनेर मान्छन् तर तिनका इतरसर्कलका मान्छेले तिनलाई ‘समाजका साँडा’, ‘समाज भाँडा’ र ‘समाजका छाडा’ भनेर चिन्छन्। सर्वत्र निन्दामा परेका मान्छेलाई चिन्दामा भन्दा नचिन्दामा फाइदा हुन्छ। समाज, देश र संस्थाका लागि अयोग्य मान्छेलाई पुजेर इश्वर बनाउनुभन्दा बुझेर पुच्छर घुमाउनु राम्रो हो।
बिगतमा भएको पत्रकार महासंघ कतार साखाको गठनमा केही गल्ती र कमीकमजोरी रहेको देखिन्छ। पत्रकारिताको ‘प’ नजानेको, नगरेको मान्छेले पनि सदस्यता लिएको देखिन्छ। ‘उहिले हाम्रा बाको पालामा ‘आम्रीमा जाने’ भनेर सोध्थे रे र ‘जाने’ भनेर भनेपछि लान्थे रे’ भनेजस्तै आधाउधीले सजिलै पत्रकारको परिचयपत्र पाएका रहेछन्। महासंघ कतार शाखामा सदस्य भएकाहरु प्रतिशतका हिसावले पनि बास्तविक पत्रकारिता गर्ने वा समाचार मात्र लेख्ने पनि सम्पूर्ण सदस्यहरुमा आधाभन्दा कम रहेछन्। यि कुरा मनमगन्ते नभएर एकजना संस्थामा आवद्ध ब्यक्तिलेसमेत भनेका छन्।
यस्तो अवस्था देखिएबाट के कुरा थाहा लाग्छ भने अव आउने अधिवेशनमा आधाबढि अरपत्रकार वा अलपत्रकारहरुले सदस्यता नविकरण गरेर चुनावमा भोट हाल्न पाउने भए। ति अरपत्रकार वा अलपत्रकारहरु कतैबाट बोकिएका, बोकाइएका, परिचालित, ‘निर्धृष्ट लक्ष्यका साथ मैदानमा खडा भएका आदेशउपर कार्य सम्पादन गर्ने अरौटे र भरौटे’ हुने भए। यि अरौटे र भरौटेहरुले स्वतन्त्र पत्रकारिताको धर्म निभाउनु त के पत्रकारिताको मूल मर्म पनि कायम राख्न सक्दैनन्।
फेरि अर्को भन्नैपर्ने कुरो यो छ कि यहाँ पत्रकार महासंघ कतार शाखाका सदस्य त के कार्य समितिका पदाधिकारीहरु पनि कुनै अर्को संस्थाको कार्यसमितिमा बसेको देखिन्छ। बिशुद्ध पत्रकारिता गर्नुपर्ने मान्छे अनेक संस्थाको पद ओगटेर बसेपछि त्यसले स्वतन्त्र र निस्पक्ष पत्रकारिता गर्छ भन्ने कुरामा कमसेकम म चैँ बिस्वास गर्न सक्दिन। भोलि उही बसेको संस्थाको कुनै सदस्यले फटाइँ गर्दा उसले त्यसका बिपक्षमा समाचार लेख्छ कि पक्षमा समाचार लेख्छरु यो अत्यन्तै गम्भिर कुरो हो।
यस्तो परिस्थितिमा हुन गइरहेको अधिवेशनलाई मर्यादित र सम्मानित सम्पन्न गर्न अवको नयाँ सदस्य र कार्यसमितिका लागि केही महत्वपूर्ण प्रावधान राख्नु नितान्त जरुरी छ। यसका लागि केही कुरा अघि सार्न चाहन्छु।
सदस्यता पाउन योग्यताको कसी कमसेकम कतारबाट प्रकाशित हुने कुनै पनि पत्रपत्रिकामा कम्तीमा आधा दर्जन समाचार लेखेको होस् र त्यसको कटिङ ल्याउन अनिवार्य गरियोस्। अनलाइन मिडियाका पत्रकारको हकमा त्यो मिडियामा उसले संप्रेशण गरेका कम्तीमा आधा दर्जन समाचारको प्रिन्ट कपि अनिवार्य गरियोस्। बाँकी महासंघले राखेका प्रावधानहरु यथावत रहनुपर्छ।
एघार सदस्यीय कार्यसमितिमा रहने ब्यक्ति कुनै अर्को संस्थाको भरिसक्के सदस्य वा कार्यसमितिमा नभएको वा भए पनि राजिनामा दिएको हुनुपर्ने प्रावधान राखियोस्। कार्यसमितिमा रहेको ब्यक्तिले कुनै अर्को संस्थाको ‘प्रबक्ता वा प्रचारप्रसार विभाग अध्यक्ष वा सदस्य’ हुन नपाउने प्रावधान राखियोस्।
बिगतमा जस्तो पत्रकारले गैरपत्रकारिता र गैरसामाजिक बिषयका कार्यक्रममा गएर मञ्चमा आशन ग्रहण गर्ने र भाषण ठोक्ने कार्यमा शख्त मनाही र कार्वाही गर्ने प्रावधान राखियोस्। यो प्रावधान किन पनि आवश्यक छ भने पत्रकारको काम मञ्चदेखि तल छुट्याइएको स्थानमा बसेर समाचार लेख्ने हो। नेतागिरी गरेर भाषणबाजी गर्ने होइन। पत्रकारले आसन ग्रहण गरेपछि समाचार कस्ले लेख्छरु
बिगतमा यस्तै भाषणबाजी र मञ्चमा आशन ग्रहण गर्नाले यो गरिमामय संस्था मर्न लागेको अवस्थालाई कसैले नबिर्सिने हो भने यि प्रावधानलाई लागु गर्नु पर्छ। अन्यथा फेरि पनि यो स्वतन्त्र संस्था परतन्त्र र पतनतन्त्रको संघारमा नपुग्ला भन्न सकिन्न।
अहिलेको अधिवेशनमा बिगतमा बिवादित भएका, नैतिकता समाप्त भएका, बहुसंख्यक नेपाली श्रमिकले नरुचाएका ब्यक्ति आउन नपाउने प्रावधान राखियोस्। यो प्रावधान कति महत्वको छ भने बिगतका केही कुरा यहाँ राख्न चाहन्छु।
कुनै समय यही मर्यादित संस्थालाई हेय दृष्टिले हेर्दै ‘यो संस्थाको औचित्य छैन’, मरिसक्यो र घाटमा लान मात्र बाँकी छ’ भनेर राजिनामा ठोकेर हिँड्नेहरु देखिए। तिनै ब्यक्ति अहिले कार्यसमितिको मेजर पदमा आउने बाहिरी हल्ला छ। के कुनै संस्थाको अस्तित्वलाई नै स्वीकार गर्न नसकेर खिल्ली उडाउँदै हिँड्ने ब्यक्ति त्यही संस्थाको मेजर पदमा बस्न सुहाउँछरु बस्न दिनु हुन्छरु पत्रकारिताको उदेश्य जानेको र बुझेको ब्यक्तिले यस्तो कुरो स्वीकार गर्न सक्दैन। यस्ता ब्यक्तिले कतार शाखालाई मात्र होइन महासंघलाई नै विवादित बनाउँछन्। तसर्थ यो प्रावधान अनिवार्य राखियोस्। अन्त्यमा, त्यस्ता बिवादित ब्यक्तिलाई म तिनकै नैतिकता र कतार शाखाको इज्जतका लागि पनि चुनावी माहोलमा नआउन आग्रह गर्दछु ।
हाल -कतार
Post a Comment