Header Ads

Recently Updated :
Home » » स्याङ्जा मा सात दिने गुडिया बनाउने तालिम

स्याङ्जा मा सात दिने गुडिया बनाउने तालिम

Posted By Krishna parajuli(Ghanashyam) on Friday, July 6, 2012 | 6:00 AM

स्याङ्जा–२२, असार । जिल्ला सदरमुकाम पुतलीबजार नगरपालिका–१, मा रहेको समुन्नती तर्फका पाइलाहरु नामक संस्थाको आयोजनामा सञ्चालन भएको सात दिने गुडिया बनाउने तालिम एक कार्यक्रमका बीच शुक्रबार उद्घाटन गरिएको छ । तालिमको उद्घाटन गर्दै स्थानीय विकास अधिकारी नरहरी बरालले तालिमबाट प्राप्त ज्ञानलाई आयआर्जन बृद्धि गर्ने तर्फ केन्द्रित गर्नुपर्नेमा जोड दिए । उनले सिपमुलक तालिमहरु औपचारिकता मात्र नभएर ब्यवहारीक रुपमा समेत उपयोगी बनाउनतर्फ सबैले ध्यान दिनुपर्ने धारणा व्यक्त गरे ।त्यसअवसरमा सहायक प्रमुख जिल्ला अधिकारी नवराज वराल, बिरभद्रजंग गुल्मका गुल्मपति रामहरी केसी, नेपाली का“ग्रेस स्याङ्जाका सचिब लक्ष्मण भट्टराई, नेकपा एमाले स्याङ्जाका उप–सचिब सुीधर पौडेल, उद्योग वाणिज्य संघ स्याङ्जाका सह–सचिब हिक्मत श्रेष्ठ, नेपाल महिला संघ स्याङ्जाका अध्यक्ष मखमली श्रेष्ठ, लगायतका बक्ताहरुले बोलेका थिए ।राजनीतिक दल, संघसंस्था लगायतका विभिन्न क्षेत्रका २० जना महिलाहरुको सहभागिता रहेको उक्त तालिममा प्रशिक्षक नन्दा थापा लगायतका प्रशिक्षकहरुले प्रशिक्षण दिनेछन् ।संस्थाका अध्यक्ष नन्दाकुमारी लम्सालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन उद्योग वाणिज्य संघका कार्यकारी अधिकृत फणिन्द्र पौडेलले गरेका थिए भने स्वागत सदस्य सिमा कर्माचार्यले गरेकी थिइन् ।
Share this post :

Post a Comment

 
Copyright © 2011. स्याङ्जा सहयोग समाज - All Rights Reserved
Template Bloggerised by: Smritirogi