Header Ads

Recently Updated :
Home » » बिषालु च्याउ खाँदा परिवारै बिरामी

बिषालु च्याउ खाँदा परिवारै बिरामी

Posted By संकल्प on Friday, July 6, 2012 | 10:07 AM

प्रकाश डोटेल
स्याङ्जा-२२, असार ।
स्याङ्जा जिल्लाको जगत्रदेबी गाविस-२, रैबार देबीस्थानका थापा परिवारका ६ सदस्यहरु जंगली बिषालु च्याउ खाँदा बिरामी परेका छन् ।

घर नजिकैको जंगलबाट खोजेर ल्याएको च्याउ खाएपछि बिरामी परेका उनीहरुलाई बिहिबार राती नै पाल्पाको तानसेनस्थित मिसन अस्पतालमा उपचारको लागि भर्ना गरिएको छ ।

च्याउ खाएर बिरामी हुनेमा ४५ वर्षीया यामकला थापा, १८ वर्षीया छोरी निर्मला थापा, छोरा १२ वर्षीय ठगेन्द्र थापा, १० वर्षका सोमित थापा छन् । यस्तै यामकलाकै छोरीका छोरा ७ वर्षीय दिपेश थापा र तीन बर्षकी जेनी थापा बिरामी परेर हुन् ।
मिसन अस्पतालका अनुसार बिषालु च्याउ खाएकाको कलेजोमा असर गरेको छ । बिरामीहरुले खतरा मुक्त गरेको समेत अस्पतालले जानकारी दिएको छ । बिरामी यामकलाका श्रीमान् कामका लागि भारतको मुम्बईमा बस्दै आएका छन् भने दिपेश र जेनिका बाबु भारत र आमा दुबईमा कामको लागि गएका छन् ।
Share this post :

Post a Comment

 
Copyright © 2011. स्याङ्जा सहयोग समाज - All Rights Reserved
Template Bloggerised by: Smritirogi